३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापाका बजार अब सातै बार खुला हुने


२९ भाद्र २०७५, शुक्रबार  

0
Shares

damak-jhapa (1)
भद्रपुर २९, भदाै / नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् ।

विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी,
शनिबार, भद्रपुर बिहीबार , दमक नगरपालिकामा शुक्रबार, गाैरीगंज मंगलबार , बजार बन्द हुँदै आएका थिए ।
नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  १० : ४३ बजे