३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हत्या गरेकाे विराेधमा अाज पनि गाैरीगंज बजार बन्द


२८ भाद्र २०७५, बिहिबार  

0
Shares

20180912_123520
गाैरीगंज २८, भदौ / झापा उधाेग वाणिज्य संघ गाैरीगंजले खेमराज पाैडेलकाे हत्या गरिएकाे विराेधमा अाज गाैरीगंज बजार बन्दकाे अाव्हान गरेकाे छ ।
वाणिज्य संघले विहान ८ बजे अाफ्नाे कार्यालयमा पत्रकार सम्मेलनकाे अायाेजना गरि बजार बन्दकाे अाव्हान गरेकाे हाे । वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे गैदारले कपडा व्यावसायी कमल गाउँपालिका वार्ड नं ६ का दमकमा कपडा व्यवसायी गर्दै अाएका खेमराज पाैडेलकाे हत्या निर्मम तरिकाले अपहरण गरि हत्या गरेकाेले त्यसकाे घाेर भत्सर्ना गर्दै दाेषीलाई कडा कारवाहीकाे माग गरेका थिए ।

गाैरीगंज क्षेत्र अपराधीहरूकाे अखडा केन्द्र बन्दैै गएकाे र याे घटनाले समेत सावित गरेकाे भन्दै व्यापारीहरूकाे ज्युधनकाे सुरक्षाकाे लागि जिल्ला तथा स्थानिय सुरक्षा निकायसंग अनुराेध गरेका थिए ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका अपराधीका लागि सुरक्षित स्थान बन्दै गएकाे हुनाले अाफु चिन्तित भएकाे र त्यसकाे राेकथामका लागि सुरक्षा निकायसँग समन्वय गरि सुरक्षा निगरानी बढाउनु पर्ने बताए । गाैरीगंजकाेे सुरक्षा निकायमा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएका कारण अपराधीहरूकाे मनाेवल बढ्दै गएकाे हुनाले गाैरीगंज क्षेत्रमा बारम्बार यस्ताे घटना घटेकाे अध्यक्ष श्रेष्ठले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं ६ बस्ने सद्वाम हुसेनले व्यवसायी खेमराज पाैडेललाई भदाै २६ गते साेमबार हत्या गरेका थिए ।

कार्यक्रममा वाणिज्य संघ गाैरीगंजका सचिव श्रवण गिरी, भाेजराज सेढाई, उधाेगी व्यवसायी सानुराजा श्रेष्ठ, व्यवसायी शाेभाकान्त दासलगायतका व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।
हत्याकाे विराेधमा हिजाे बुधबार पनि कपडा व्यवसायीहरूले स्वस्फूर्तरूपमा बजार बन्द गराए थिए ।
20180913_093427

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  ७ : ०७ बजे