४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खेमराज हत्याको शोकमा गौरीगञ्ज बजार बन्द


२७ भाद्र २०७५, बुधबार  

0
Shares

20180912_123520

गौरीगञ्ज २७, भदौ / गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ बार्हसुद्दीमा हत्या गरी फालिएका दमकका कपडा ब्यावसायी खेमराज पौडेलको हत्याको शोक र बिरोध स्वरुप आज एक दिन छिटफुट पसलबाहेक गौरीगञ्ज बजार बन्द गरिएकाे छ ।
कपडा व्यवसायीहरूकाे अगुवाईमा व्यवसायीहरूले स्वस्फूर्त पसल बन्द गरेका हुन् ।
आज बुधबार गौरीगञ्जका साप्ताहिक हाटमा ब्यापार गर्न आएका स्थानीय र आसपासका फुटपाथ कपडा र मनिहारी ब्याबशायीहरुले पनि पसल बन्द गरेर हत्याकाे विराेध गरेका छन्।
हामीलाइ माल दिने साउको हत्या भएको छ हामी त्यसै चुपचाप कहाँ बस्न मिल्छ ? एक ब्याबशायी उपेन्द्र साहले बताए । बुधबारे साप्ताहिक हाटमा ब्यापार गर्न आएका फुटपाथ कपडा ब्यावसायीहरु हाटमा पसल नलगाइ शोक र बिरोध स्वरूप पसल बन्द राख्ने निर्णय गरेका थिए ।
यता उधाेग बाणिज्य संघ गाैरीगंजले भाेली विहान ८ बजे पत्रकार सम्मेलन गरेर शाेक सभा अायाेजना गर्ने निर्णय गरेकाे बाणिज्य संघका अध्यक्ष मखना महताेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  १० : ५३ बजे