१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा बन्ने भाे यस्ताे चिल्ड्रेन पार्क


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

d4c62c15228f93d1dd574d57e9b6c62d.0

गौरादह २६, भदाै/ झापाको गौरादह नगरपालिका वडा नं २ मा निर्माण हुन लागेको चिल्ड्रेन पार्कको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । लायन्स क्लब अफ गौरादहका च्याप्टर प्रेसिडेन्ट श्री भुपाल कुमार कटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीद्वारा उक्त पार्कको शिलान्यास गरिएको हो ।
कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधि र बुद्विजिवी उपस्थिती रहेको थियो । तीन कठ्ठा छेत्रफलमा बन्ने उक्त पार्क गौरादहको पर्यटनमा एक नया आयाम साबित हुनेे छ। यसका साथै गौरादह क्षेत्रमै रहेको करिब १२ बिगाहा छेत्रफलमा रहेको प्राचीन पोखरीलाइ पर्यटकिय छेत्र बनाउने योजना भने अन्योलमा छ ।गत बर्ष बिनियोजन भएको एक करोड बजेट काम सुचारु नभएर फ्रिज हुन पुगेको थियो ।
c5303a0b6bb1e688f530c833e71a7361.0

a09cab5ba89c1fc16b73ac73060b6a3c.0

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ९ : ४८ बजे