४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

भाेली देखि सामुदायिक शैक्षिक हडताल


२५ भाद्र २०७५, सोमबार  

0
Shares

FB_IMG_1536589665593
गाैरीगंज २५, भदौ / नेपाल राहत शिक्षक केन्द्रीय समितिले भाेली देखि ३ दिनसम्म सामुदायिक विधायालय शैक्षिक हड्तालकाे अाव्हान गरेकाे छ ।
राहत शिक्षक र सरकारबीच अाज शिक्षा मन्त्रालयमा भएकाे छलफलबाट राहत शिक्षककाे मागहरूप्रति सरकारी पक्ष लिखित सम्झाैता गर्न नमानेपछि भदाै २६,२७ र २८ गते शैक्षिक हड्तालकाे अाव्हान गरेकाे हाे । नेपाल राहत शिक्षक केन्द्रीय समितिकाे फेसबुक पेजमा स्टाटस लेख्दै समितिका महासचिव कर्ण बहादुर मगरले सरकारले राहत शिक्षककाे माग सम्बाेधन गर्न लिखित सम्झाैतन गर्न नमानेपछि देश भरि नै पुर्व घाेषित ३ दिने शैक्षिक हड्ताल सशक्त बनाउन अाफ्नाे मातहतका समितिलाई निर्देशन दिएका छन् ।
राहत शिक्षकका मागहरू र थप अान्दाेलनका कार्यक्रमहरू तल हेर्नुहाेस ।
FB_IMG_1536588677639

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  २ : ३० बजे