३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कनकाईमा दुई दिने फोटोप्रर्दशनी सम्पन्न


२४ भाद्र २०७५, आइतबार  

0
Shares

IMG_0360 copy
सुरुंगा २४, भदौ / झापाको कनकाई नगरपालिकामा पर्यटनको लागि कनकाई भन्ने अभियान स्वरुप २ दिने फोटो प्रर्दशनी सम्पन्न भएको छ । कनकाई नगरपालिका स्थित सुरुंगा जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र ९क० सम्मेलनमा नेपाल फोटोपत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिक र आमसंचार डटकममा आवद्ध फोटो पत्रकार कमल पाण्डे विनोदले खिचेका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिएको थियो ।

कनकाई नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरु कोटीहोम, धनुश्कोटी, दोमुखा, सुकेडाँगी बनभोज स्थल, सेल्फीडाँडा, योगमायाँ पार्क, जामुनखाडी लगाएतका पर्यटकिय स्थलका २० वटा फोटोहरु प्रर्दशनीमा राखिएको फोटोपत्रकार पाण्डेले बताए ।

कनकाई नगरपालिकाको सहयोगमा आयोजना गरिएको फोटोप्रर्दशनीले कनकाईमा रहेका पर्यटकिय गन्तव्यहरुको प्रचारमा सहयोग पुगेको र नेपाल जेसीजको सम्मेलनको थप आर्कषण बढाएको र सुरुंगा जेसीजले लिएको उदेश्य, स्थानिय पर्यटकिय स्थलको प्रचार रहेको हुदा फोटोप्रर्दशनीले आतिथ्य शाखा सुरुंगालाई पनि सहयोग पुर्याएको सम्मेलन निर्देशक कुमारमणी पोखरेलले बताए ।

भदौ २२ र २३ गते कनकाई उद्योग बाणिज्य संघको परिसरमा प्रर्दशनी गरिएको थियो । नगरपालिकाले औपचारिक रुपमा सुरुगरेको पर्यटन क्षेत्रको प्रचार प्रसार अभियान अनुसार सो फोटोहरुलाई माघ १ गते माईमेलामा पुन प्रर्दशनी र बर्षैभरी विभिन्न संचार माध्ययवाट पनि सम्प्रेसण गरिईने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ११ : ४५ बजे