१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रतुवा खाेलाकाे पुल दस बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन


२३ भाद्र २०७५, शनिबार  

0
Shares

20180908_111734
रंगेली २३, भदाै /
माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाइएकाे छ । माेरङ र झापालाई जाेड्नेे रतुवा खाेलामा पुल निर्माण सम्पन्न नहुदाँ त्यस भेगमा रहेका अधिकांंश सर्वसाधारणहरु बिगत ३० बर्ष देखि डुङ्गा (नाऊ) काे माध्यमबाट अावत जावत गर्ने बाध्य रहेका छन । २०६५ सालमा भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदारले शिलान्यास गरेकाे साे पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन । २०६६ सालमा कालिका कट्रसनले १० कराेड रुपैयाँमा ठेक्का पाएकाे थियो । सव कन्ट्याक्ट्मा कालिकाले गाैरी पार्वती कल्ट्रसनले जिम्मा लगाएकाे थियो । उक्त पुलकाे २ सय मिटर लम्बाई गाैरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलाकाे चाैडाई बडि भएको हुनाले उक्त पुलकाे पुर्वपट्टी बाट पुनः एक सय देखि एक सय ५० मिटर काे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको सुनसरी माेरङ कुल अायाेजनाका निमित प्रमुख कैलाश साहले बताए । २ सय मिटर लम्बाईकाेे पुल निर्माण भई सकेता पनि पुलकाे उचाइ १० फिट अलगाेे रहेेकोहुुुुनाले पुर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिगत दिन वर्ष देखि उक्त खाेलामा डुङ्गा (नाऊ) संन्चालन गर्ने गाैरीगञ्ज गाउँ पालिकाले वार्षिक २ लाख रुपैयाँ मा ठेक्का लगाउने गरेको छ । स्थानीय श्याम राजबंशीका अनुसार अाफुहरु दैनिकी यस खाेलाबाट झापाको गाैरीगञ्ज अावत जावत गर्ने गरेको उनी बताउँछन् । उनले भने खाेलामा सामान्य पानी हुदा डुङ्गामा माेटरसाईकल हालेर अावत जावत गर्ने गरेको भएता पनि अत्यधिक जाेखिम रहेको समेत बताए । रतुमाई नगरपालिका ३ बस्ने कैलाश कुमार श्रेष्ठ ले भने रतुवा खाेलामा बनाएकाे पुल अहिलेसम्म पनि निर्माण नसक्दा अाफुहरुलाई अावत जावत गर्ने कठिनाई भएको बताए । डुङ्गामा अावत जावत गर्दाे ठेक्का लिएर डुङ्गा चलाउने ब्यक्ति हरुले मनपरि रकम असुली गर्ने गरेकाे र डुङ्गामा चडेपछि सबै जनाले भवनको नाम जप्दै बस्ने गरेको फुलसरी तापजुरीयाले बताईन ।
प्रत्येक दिन खाेलाबाट नाउँ काे साहरामा ३ सय देखि ५ सय सम्म अावत जावत गर्ने गरेका छन ।

अहिले एक व्यक्तिकाे २० रुपैयाँ , साईकल काे १० रुपैयाँ र माेटरसाईकल काे ५० रुपैयाँ लिने गरेको उनको भनाइ रहेको छ । खाेलाकै कारण ले गर्दाे २ बिधा खेत अहिले वालुवामा परिर्णत भएको छ । उनलेे भने बिगत बर्षमा अाएकाे बाडिका कारण सबै खेतीयोग्य जमिन अहिले बाझै राख्न बाध्य रहेका छन । चुनावकाे समयमा खाेलामा तटबन्धन बाँधने नारा लिएर चुनाब जितेका नेताहरु अहिले खाेला फर्काउने कुनै पहल समेत गरेको उनले अाराेप समेत लगाए । स्थानीय रमेश चाैधरी भन्छन खाेलामा पानीको वाहव बडेपछि नाउँ (डुङ्गा ) चलाउन नसके पछि स्थानीय हरु ले गाैरीगञ्ज पुग्नका लागि माेरङकाे अामवाडि हुदै दमक पुगेर ३ घन्टाको समय पार गरेर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

उर्मिला देवि ताजपुरीया ले भनिन चाडपर्व काे समयमा डुङ्गा मा बडि रकम असुली गर्ने गरेका छन । अहिले मानिस र साईकलकाे ३० रुपैयाँ लिएता पनि चाडपर्व काे समयमा ५० रुपैयाँ सम्म लिने गरेका छन । बडि रकम लिएर जनताहरुलाई दुख दिने गरेको उनले बताईन । जुन नेता अाएपनि जनताकाे लागि भलाेहुने काम नगरेकाे अाराेप समेत लागईन । पिडारी चाेक देखि १ किलोमिटरमा रहेको रतुवा खाेला पुग्नका लागि अधिकान्स ठाउँ मा बिगतमा अाएकाे बाडिका कारण सडक समेत भत्किएको र सर्वसाधारण हरुले अरुकाे घान खेतीबाट हिड्न बाध्य रहेका छन । अरुकाे खेती बाट हिडदा गाली सहेर हिड्नु पर्ने बाध्यता रहेको उनी बताउछिन् । उक्त पुल निर्माण भए
र संन्चालनमा अाएमा बिराटनगर देखि भद्रपुर सम्म अावत जावत गर्नेका लागि सर्वसाधारण हरुलेे बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्गकाे बाटो अावत जावत गर्ने छाेटाे र सहज हुने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  ४ : ४१ बजे