१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

“प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्छन” – मन्त्री कार्की


२३ भाद्र २०७५, शनिबार  

0
Shares

hikmat-karki
विराटनगर २३भदौ / आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताएका छन् ।

प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा उनले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेशसभामा प्रदेश सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा गएको साउन २७ गते विराटनगर महानगरपालिकाको कार्यालयभित्र भएको विष्फोटनमा संलग्न व्यक्ति पक्राउ परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले मोरङको लेटाङस्थित एक विद्यालयमा पानी खाएर बिरामी परेका विद्यार्थी उपचारपछि घर फर्केको र पानी ट्याङ्कीमा मिसाएको विषको विषयमा अझ छानबिन भइरहेको जानकारी दिए ।

कानूनमन्त्री कार्कीले जनताको गुनासोको आधारमा भएको बजार अनुगमनमा गलत अभ्यास गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताउँदै प्रदेश नंं १ को नाम र स्थायी राजधानी छिट्टै घोषणा हुने उल्लेख गरे ।

सोही अवसरमा मन्त्री कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रस्ताव सदनमा प्रस्तुत गरे । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । रासस

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  १ : १५ बजे