३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जनप्रतिनिधि भित्र लुकेको कला


२२ भाद्र २०७५, शुक्रबार  

0
Shares

DSCN3853
प्रकाश पौडेल ।
झापा २२, भदौ / झापाली राजनीतिक क्षेत्रमा चिनिएको नाम हो, टिकाराम मङ्ग्राती । विद्यार्थी राजनीतिकदेखि लिएर जनताको प्रतिनिधिसम्म आइपुग्दा सफल नेताको रुपमा उनले आफुलाई स्थापित गराएका छन् ।
तर, उनलाई यतिमा मात्रै चित्तबुझेन । जनताको सेवासँगसँगै आफुभित्र भएको मोडलिङ कलालालाई उनले लुकाएर राख्न सकेनन् । अन्तत उनले म्युजिक भिडियोमा अभिनय गरे । उनको भिडियो यही शनिबार रिलिज समेत हुँदैछ ।
‘तिम्रो त्यो प्यार मधुर मधुर भुलेर कहाँ भुलिन्थ्यो र….’ बोलको म्यजिक भिडियोमा मङ्ग्रातीको अभिनय कला देख्न पाइन्छ । जनप्रतिनिधि भित्र लुकेको कला यो भिडियोवाट देख्न सकिन्छ । उनले अभिनय कलालाई दिपशिखा खङ्काले साथ दिएकी छन् । यो गीतमा सुवास खनालको शब्द तथा सविन लिम्वुको रहेको छ । मेचीनगरको कालिका सामुदायिक बन, मिनी माउण्टेन, विर्तामोडको बीएन्डसी अस्पताल लगाएतको स्थानमा सो म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । भिडियोको निर्देशन कृष्ण अनमोलले गरेका छन् । यो उनकै लगानीमा निर्माण गरिएको हो ।
उनको अभिनय यो पहिलो भने होइन । २०६२ सालमा झापाका विभिन्न स्थानीय निकायहरुमा सडक नाटक देखाइएको थियो । जसमा उनका अभिनय रहेको छ । ‘एउटा अठोटको स्वर’ नामक सडक नाटकमा उनको अभिनको सबैबाट प्रशंसनीय थियो ।
१३ वर्षअघि सडकमा देखिएको उनको कला अहिले रिलमा आइपुगेको छ । समाज परिवर्तनको अगुवाई गरिरहँदा मङ्ग्रातीले नयाँ ढङ्गबाट सूचना प्रवाह गर्न एउटा वृत्तचित्र बनाउने योजना बनाए । उनकै शब्दमा ‘जातीय विभेद विरुद्ध सचेतना’ नामक वृत्तचित्र निर्माण सकिएको छ । यो वृत्तचित्रमा पनि उनकोे अभिनय देख्न सकिन्छ । यो रिलिज गर्न भने बाँकी छ ।
‘वृत्तचित्रमा उनको अभिनय उकृष्ट लागेर कला क्षेत्रमा काम गरिरहनुभएका साथिहरुले म्युजिक भिडियोमा खेल्न प्रस्ताव राख्नुभयो’, मङ्ग्रातीले भने–‘मेडिलिङ क्षेत्रमा पनि सबैले साथ दिनुहुेछ भन्ने लागेको छ ।’
मेचीनगर नगरपालिका–३, साविक बाहुनडाँगी–५ मा बावु टेकबहादुर मङ्ग्राती र आमा सरस्वती मङ्ग्रातीको कोखवाट २०४३ साल चैत २४ गते जन्मिएका मङ्ग्रातीले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । मङ्ग्राती मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।
उनको राजनैतिक यात्रा विद्यालय स्तरवाटै शुरु भएको हो । उनले जनता मावि तेलपानीबाट एसएलसी दिएका हुन् । २०५७ सालमा स्कुल कमिटी सचिबाट उनको राजनैतिक यात्रा शुरु भएको थियो । उनले कोहेड कलेज विर्तामोडबाट आइए र कनकाई कलेज विर्तामोडवाट स्नातक गरेका छन् ।
पढाई सँगसँगै उनको राजनैतिक यात्रा पनि क्रमशः अघि बढ्यो । उनले २०६४ सालमा अनेरास्वियू झापा जिल्ला अध्यक्ष, उत्पीडित जातिय मुक्ति समाज प्रदेश कमिटि सदस्य, उत्पीडित अधिकार मञ्च झापाको अध्यक्ष, प्रकृति फाउण्डेसन झापाको अध्यक्ष, अनेरास्बियू केन्द्रिय सदस्य तथा पूर्वाचल व्यूरो सचिव (२०६७), उत्पीडित विद्यार्थी सङ्गठनको केन्द्रिय अध्यक्ष, एमाले जिल्ला सदस्य २०६९ भएर जिम्मेवारी सम्हालेका छन् । उनले विभिन्न आन्दोलनको अगुवाई गरेका छन् । झापामा भएका विद्यार्थी हक अधिकारको लडाईमा उनको भूमिका महत्वपूर्ण छ । अन्तर जातीय बिवाह, शैक्षिक विभेद, सामाजिक विभेद अन्त्यका लागि उनको अगुवाई रहेको छ । २०७४ को स्थानीय तहको निर्वाचन पश्चयात उनी मेचनगर नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भए । उनी एमाले मेचीनगर संसदीय दलको उपनेता पनि हुन् ।
जनप्रतिनिधिको रुपमा जनताको सेवा गरेको एक वर्ष पुरा भएको छ । उनले यो अवधिमा थुपै एजेण्डाहरु प्रस्तुत गरेका छन् । मेचीनगर नगरपालिकालाई छुवाछुत मुक्त बनाउने अभियानको उनले अगुवाई गरेका छन् । यो अभियानमा मेचीनगर घोषणपत्र जारी भइसकेको छ । नगरपालिकाबाट वन वातावरण तथा विपद् व्यवस्थापन जिम्मेवारी उनलाई दिइएको छ । वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पनि हुन् । जिम्मेवारी सम्हालेसँगै मेचीनगरलाई वातावरण मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगरमा रहेका सिमसारलाई व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन भूमिका रहने उनी बताउँछन् ।
राजनैतिक यात्रासँगसँगै मोडलिङ यात्रा शुरु गरेका मङ्ग्राती परिवारको साथ र सहयोगका कारण आफु यो स्थानमा पुग्न सफल भएको बताउँछन् । उनकी श्रीमती भतृका विसुङ्खे स्वास्थकर्मी हुन् । श्रीमतीको साथ सहयोग पाएको उनले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  १२ : १५ बजे