३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोच भाषी हास्यव्यङ्ग्य चलचित्रकाे शुभ मुहुर्त


२० भाद्र २०७५, बुधबार  

0
Shares

FB_IMG_1536154242019

गौरीगञ्ज २०, भदौ / कचनकबल गाउँपालिकाका कोच भाषी युवाहरुको सकृयतामा कोच भाषि टेलि चलचित्र “ठाकुर बिषहरी” को अाज शुभ मुहुर्त गरिएको छ । बिशेषत: कोच समुदायहरुको सँस्कृती र परम्पराहरुमा केन्द्रित कथा बस्तुमा निर्माण हुन लागेको सो टेली चलचित्रका परिवर्तित कोच समाजमा पक्कीका घरहरु बन्न थालेपनि कुल देवताहरुलाई
माटोका घरमै राख्ने गरेको र परम्परागत सरसफाइ मासिदै गएको कुरा देखाउन खोजिएको कुरा निर्देशक टेकबहादुर राजवँशीले बताए । प्रमोद यादवको निर्माण र टेकबहादुर
राजवँशीको लेखन निर्देशनमा बन्न लागेको सो चलचित्रमा टेकबहादुर राजवँशी , प्रमोद राजवँशी, गौतम राजवँशी र हेमा राजवँशी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेकाे छ ।
कचनकबलको भुतेश्वर शिवालय कन्दिरमा एक कार्यक्रमको आयोजना गरि गरिएको सो शुभ मुहुर्त इलाका प्रहरी कार्यालय बनियानीका इन्चार्ज उदय शमशेर जवराको प्रमुख आतिथ्यमा भएको थियो भने पथरिया चौकीका इन्चार्ज दिनेश माझी लगायत हृदय राजवँशी , गजेन्द्र राजवँशी, बेद बहादुर बोगटी , पर्शुराम यादब , शिबानन्द राजबँशी , धनलाल राजवँशी गोपाल कार्की , हँस नारायण राजवँशीलगायतको उपस्थिती रहेको थियो ।
FB_IMG_1536154749919

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  १ : ४३ बजे