१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गारीगंजमा पनि प्रहरीकाे सीमा गस्ती


२० भाद्र २०७५, बुधबार  

0
Shares

Joint-security-aa

गाैरीगंज २०, भदौ /
झापासंज जोडिएका सीमावर्ती क्षेत्रमा नक्कली नोट र सुन कारोबार लगायतका अपराधिक क्रियाकलाप देखा बढेपछि दुवै देशका सुरक्षाकर्मीले संयुक्त सीमा गस्तीलाई तिव्रता दिएका छन ।
नजिकिदै गरेका दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतीय सुरक्षाकर्मीको सहकार्यमा सीमा गस्तीलाई तिव्रता दिएको सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए । उपरीक्षक थक्सुले संयुक्त सीमा गस्ती नियमित कार्यक्रम नै रहेको बताए । पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा देखा परेका सीमा अपराधलाई न्युनिकरण र रोकथाम गर्ने उदेश्यले गस्तीलाई तिव्रता दिएको उहाँको भनाई छ। झापाको मेचीनगरदेखि भद्रपुर नगरपालिका, कचनकवल, झापा हुर्दै गौरीगञ्ज गाउँपालिकासंग जोडिएको सीमावर्ती नाकामा दिनैपिच्छे सीमा गस्ती गरिदैछ
। गाैरीगंजकाे गाउँपालिकासंग जाेडिएका सीमावर्ती स्थानहरूमा असईकाे कमाण्डमा ७ जनाकाे टाेलीले गस्ती गरिरहेकाे इलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले बताए । चाडपर्वलाई मध्यनजर गरि गाैरीगंजका व्यापारिक प्रतिष्ठान, वित्तियसंस्था, बैंकका प्रमुख तथा प्रतिनिधिसंग सुरक्षा चुनाैती तथा समाधानका विषयमा छलफल गरिएकाे थियोे । त्यसै अनुरूप गाैरीगंज प्रहरीले सुरक्षा सतर्कता बढाएकाे उनले बताए ।
त्यसैगरी आउँदै गरेको चाडपर्वमा हुने अपराधिक घटना रोकथामका लागि झापामा सीमा गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । संयुक्त गस्तीमा वडा प्रहरी कार्यालयको नेतृत्वमा ९ जना, सशस्त्र प्रहरीका २३ र भारतीय एसएसबीका १५ जना गरी ४७ जनाको टोली रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ६ : ४६ बजे