१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीकृष्णजन्माष्टमी मनाइदै


१८ भाद्र २०७५, सोमबार  

0
Shares

FB_IMG_1535935487867
भाद्र १८, भदाै / कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । श्रीकृष्ण अष्टमीकाे अवसरमा दमक, विराटनगरलगायतका स्थानमा रथरात्रा निकालिदैछ छ भने गाैरीगंजकाे कृष्ण मन्दिरहरूमा तथा देवी मन्दिरमा पूजा अाराधना गरि विभिन्न प्रतियोगितात्मक खेलहरू खेलाईदैछ । साथै मेला लगाईन्छ । यसै अवसरमा भगवान कृष्णकाे मन्दिर नभएकाे स्थानमा माटाे मुर्ति राखेर पुजा अाराधाना, प्रवचन, भजनकिर्तन गरि नरिवल खेल, हण्डी फाेर,म्युजिकल चेयरलगायतका खेलहरू खेलाईने चलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ भनिन्छ

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।

यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कृष्ण मन्दिरमा पनि विशेष मेला लाग्दछ ।
यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  १२ : ५२ बजे