
विर्तामोड १७, भदाै /
नेपाली कांग्रेस झापाले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । जिल्ला समितिको हिँजो बिर्तामोडमा बसेको बैठकले जिल्ला समितिको सचिव सहित अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन गरेको हो ।
पार्टिका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले पार्टिको बिधानको धारा १० उपधारा २ क को ३ बमोजिम जिल्ला कार्यसमिति सचिवमा ताराबिर कटुवाल र सह सचिवमा राजेन्द्र भण्डारीलाई चयन गरेको हो । त्यस्तै बिधानको उपधारा २ ख को ७ को ख बमोजिम रिक्त रहेको जिल्ला कार्यसमिति सदस्यहरुमा टकबहादुर सुब्बा(भरत), तेजप्रसाद चम्लागाईं, लोकराज ढकाल, राजेन्द्र रिजाल, सिताराम खड्का, दिपम तामाङ, उमाकान्त आचार्यलाई मनोनयन गरेको छ । त्यस्तै अल्पसंख्यक समुदायबाट वडाराम हेमरम र दयानन्द गोस्वामी, आदिवासीबाट फुलवत्ति राजवंशी, जनजाती बाट हुकुमसिंह राई र दलित बाट सुन्दरा ल्वागुनलाई चयन गरेको जिल्ला सचिव प्रेम सम्बाहाम्फेले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यहरुमा शिवप्रसाद गिरी, सुर्य ढुंगाना, अनुप कार्की, रेवतीरमण नेपाल, उखारुलाल गणेश, बेदनिधि भट्टराई, पुण्यप्रसाद ओझा, लीलाप्रसाद ढकाल, शेरबहादुर थापा, सन्तोष मेन्याङवो, रामप्रसाद दुलाल, जगन्नाथ राजवंशी, पे्रमबहादुर बस्नेत, बद्रिबहादुर कार्की, दिपिन्द्र थापा, प्रमेत यादव, पिताम्बर दाहाल, शेरबहादुर भट्टराई, हरिकुमार सुवेदी, घनेन्द्रराज योङया र राजनबहादुर ढुंगानालाई चयन गरेको छ ।
बैठकले कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, केशबकुमार बुढाथोकी, सरिता प्रसाईं, नरेन्द्र बिक्रम नेम्माङ, गिरिराज कुमारी प्रसाई, सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, पुर्णानन्द शर्मा, जितबहादुर पुरी, अम्बिकाप्रसाद रिजाल, गोपालकुमार बस्नेत, भक्तिप्रसाद सिटौला, महेन्द्रा सुब्बा, सुरेश सुब्बा, बिरबहादुर प्रसाईं, उदयलाल यादव, प्रेम राई, भारतेन्दुकुमार मल्लिक, कृष्णप्रसाद मिश्र, केदारमणी ढकाल, लिलक सिटौला, विश्वदिप लिङदेन, टेकबहादुर खजुम र भुपाल बस्नेतलाई सल्लाहकारमा चयन गरेको छ ।







