१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीकृष्ण दमक रथयात्रा भदाै १८ गते हुदै


१६ भाद्र २०७५, शनिबार  

0
Shares

Shri-krishna-ratha-yatra-dmk-696x399
दमक १६,भदौं/ झापाको दमकमा आउदो भदौ १८ गते श्री कृष्ण दमक रथयात्रा हुदैछ । श्रीकृष्ण दमक रथयात्रा तीनबर्ष अघिदेखि शुरु भएको हो ।

धार्मिक महत्वका साथै यसले धार्मिक सहिष्णुता कायम राख्ने भएकाले यसकाे महत्त्व रहेकाेले महोत्सवको रुपमा लिइनु पर्ने सरोकारवालाहरुले बताउदै आएकाछन् । दैनिकजसो यसलाइ सफल बनाउनका लागि बिभिन्न छलफलहरु समेत हुदै आएका छन्।

रथयात्रा मुल समितिका संयोजक मानबहादुर बुढाथोकीका अनुसार नगरपालिकाले समेत यसको संरक्षकत्व ग्रहण गरेकोछ । सबैको सहयोग र साथ पाएको बताउदै रथयात्रा भब्य हुने उनले जनाए ।

लायन्स, रोटरी, जेसिस लगायतका संघसंस्थाहरुदेखि लिएर किर्तन मण्डली र धार्मिक संगठनहरु समेत यसमा एक बन्दै गएका छन् । दमकको गौरव र पहिचानको रुपमा यसलाइ स्थापित गराउनका लागि सबैको एकता आवश्यक रहेको दमक नगर प्रमुख रोमनाथ ओली बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  ७ : २७ बजे