४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वीरता जेसीजको साधरणसभा दुई पुरस्कार स्थापना,सात जनालाई अवार्ड


१५ भाद्र २०७५, शुक्रबार  

0
Shares

gm1

बिर्तामोड १५, भदौ /
झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व. मदन ढकाल र स्व. दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । आज शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘स्व. दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार’ स्थापनाको निर्णय गरेको छ ।
पुरस्कार स्थापनाका लागि ढकाल र शर्माका परिवारसँग समन्वय गरी अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट हरेक वर्ष पुरस्कार वितरण गरिने बताइएको छ । शुरुमा कम्तीमा १÷१ लाखको अक्षयकोष राखी ११÷११ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने र सो पुरस्कार यसवर्षको मंसीरबाट वितरण शुरु गरिने जनाइएको छ ।
साधारणसभाले पुरस्कार स्थापनासहित विभिन्न पाँचवटा प्रस्तावहरु पारित गरेको छ । अध्यक्ष एकराज गिरी र महासचिव कमलप्रसाद पाण्डे विनोदले प्रस्तुत गरेको हालसम्मका कार्यक्रमको अनुमोदन र अबको कार्ययोजना समेत साधारणसभाले पारित गरेको छ । फेबु्रअरी १२ मा पदभार ग्रहण गरेपछि वीरता जेसीजको वर्तमान नेतृत्वले विभिन्न ४६ वटा कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै कोषाध्यक्ष जीवनकुमार खड्काले प्रस्तुत गरेको वार्षिक अनुमानित बजेट समेत पारित भएको छ । त्यसैगरी तीन वर्षे कार्यवधि रहेको वीरता जेसीज दीर्घकालीन योजना समितिलाई समेत सभाले अनुमोदन गरेको छ । समितिको सभापतिमा राजकुमार पोखरेल, सदस्यहरुमा शिवकुमार अग्रवाल, विनोद बस्नेत, प्रमेश राजकर्णिकार र एकराज गिरी रहेका छन् । त्यस्तै नयाँ सदस्यता प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।
कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, रामलोचन न्यौपाने, शिवकुमार अग्रवाल, राजेन्द्र चम्लागाई, निवर्तमान अध्यक्ष सञ्जु भारतीले विधान बमोजिम साधारणसभाको शुरुवात गरेकोमा धन्यवाद ज्ञापन गरे । जेसीजले वर्षमा तीन वटा साधारणसभा गर्नुृपर्ने व्यवस्था छ । उनीहरुले व्यक्तित्व र नेतृत्व विकास गरी समाजमा स्थापित हुने जेसीज अवसर र उपयुक्त थलो भएको बताए ।
कार्यक्रममा सहकोषाध्यक्ष घनश्याम चौधरीले आस्था वाचन, उपाध्यक्ष सञ्जिव घिमिरेले जेसीआई मिसन र भिजन वाचन र प्रकरण निर्देशक विशाल थापाले नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए ।
सभामा महासचिव पाण्डेले प्रस्तावहरु प्रस्तुत गरेका थिए । कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले विधान बमोजिम सभाको गणपुरक संख्या पूर्ण भएको उद्घोष गरेपछि साधारणसभा शुरु भएको थियो ।

१७ जनालाई नयाँ सदस्यता
वीरता जेसीजले सदस्यताका लागि आवेदन गर्ने मध्ये जेसीज अभियानमा सक्रिय १७ जनालाई सदस्यता प्रदान गरेको छ ।
सो सम्बन्धी प्रस्ताव साधारणसभाले पारित गरेको हो । नयाँ सदस्यहरुलाई वीरता जेसीजका अध्यक्ष गिरीले सपथ ग्रहण गराएका थिए भने जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । अन्य पूर्व अध्यक्षहरुले अविर लगाएर बधाई शुभकामना ज्ञापन गरेका थिए ।
साधारणसभाले अमित अग्रवाल, सागर निरौला, एमडी सर्फराज शेख, एजाज अहमद अन्सारी, पंकज खरेल, निराज चुडाल, अबरार अफजल अन्सारी, मो. साहननाज अन्सारी, जनक खड्का, मोहनबहादुर खड्का, कृष्णबहादुर कार्की, सञ्जय बराल, सुरेश खतिवडा, घनेन्द्र खनाल, सेराज अन्सारी, साहबुद्दिन शेख, कृष्ण अग्रवाल झापालीलाई सदस्यता प्रदान गरेको हो ।

सात जनालाई जेसी अफ द वीकको अवार्ड
वीरता जेसीजले जेसीज सप्ताहमा विभिन्न कार्यक्रमको संयोजक रहेर उत्कृष्ट भूमिका निर्वाह गर्ने सात जनालाई ‘जेसी अफ द वीक’को अवार्ड प्रदान गरेको छ ।
गत साउन ११ गतेदेखि १३ गतेसम्म विभिन्न सातवटा कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न भएको थियो । संयोजकले सातै वटा कार्यक्रमलाई उत्कृष्ट बनाउन खेलेको भूमिकाको वीरता जेसीजले कदर र प्रशंसा गर्दै उक्त अवार्ड प्रदान गरेको हो । ‘जेसी अफ द वीक’को अवार्ड प्राप्त गर्नेहरुमा कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेल, मिक्की कार्की, जनसम्पर्क अधिकारी कुशल खतिवडा, स्वयम्सेवक संयोजक दिपेन चौधरी, युवा संयोजक टहरदास ओली, महिला तथा बालबालिका संयोजक पुकार बराल र स्वागत संयोजक रमेश चौधरी रहेका छन् । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सातैजनालाई अवार्ड प्रदान गरेको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ६ : ३५ बजे