४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमनसहित ११ जना पक्राउ


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

biplap

बिर्तामोड १४, भदौ / प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल ब्युरो इञ्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ ।

इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ–५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन ।

अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख तथा एसपी माधवप्रसाद श्रेष्ठले बताए । प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ५ : ०८ बजे