१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मन्त्रीद्वारा मेची अञ्चल अस्पतालकाे निरीक्षण


१२ भाद्र २०७५, मंगलबार  

0
Shares

20180828_103312

झापा १२,भदौ /
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको स्थलगत अवलोकन गरेका छन् । सामाजिक विकासमन्त्री घिमिरेले अञ्चल अस्पातलबाट सञ्चालित विभिन्न सेवा कक्षाहरुको स्थलगत अवलोकन गर्दै अस्पतालको स्तोरन्नतीका लागि प्रदेश सरकार गम्भिर रहेको बताए । उनले प्रदेश १ का सबै सरकारी अस्पतालको स्थलगत अवलोकन गरी बिषयवस्तु बुझेर मात्रै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नितिगत कार्यक्रम लागू गर्ने तयारीमा रहेको बताए ।
अञ्चल अस्पतालको अवस्था र सेवासुविधाका बारेमा मेसु डा. पिताम्बर ठाकुरले मन्त्री घिमिरेलाई जानकारी गराएका थिए । प्रदेश सरकारले अस्पतालको स्तरोरन्ततीका लागि केही रकम विनियोजन गरिसकेकोले सर्पदंश उपचार केन्द्र स्थापनाका लागि प्रदेश सरकारबाट थप बजेट निकासका पहल गरिने आश्वासन समेत दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार  ४ : ४६ बजे