१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेशकाे नाम लिम्बुवान राख्नु पर्ने माग राख्दै मुख्यमन्त्री राईकाेे राजिनामा


११ भाद्र २०७५, सोमबार  

0
Shares

limbuwan-1

विराटनगर ११,भदौ /
प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छन् । एक नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट आएका ब्यक्तिहरुले एक नम्बर प्रदेश सभा अगाडी प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरे ।
यस अघि पनि लिम्बुवान पदेशको माग गर्दै आन्दोलनमा रहेको लिम्बुवान पार्टीले सरकारले माग सम्बोधन न गरे आन्दोलनमा जाने चेतावनी दिईसकेको छ । करिब १० वटा गाडीमा विराटनगर आएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेको थियो ।प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न । यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ४ : २८ बजे