११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बालविकास शिक्षकहरूकाे धर्ना कार्यालयकाे मुलगेट मै


११ भाद्र २०७५, सोमबार  

0
Shares

20180827_115304

गाैरीगंज ११, भदाै / बाल शिक्षा शिक्षक संजाल गाैरीगंजले अाज गाैरीगंज गाउँपालिकाकाे मुल गेटमा धर्ना बसेर दबाबमुलक कार्यक्रम अायाेजना गरेकाे छ । संजालले ‘अाधारभुत तह सरह सेवा सुविधा कायम गर’, ‘बाल विकास शिक्षकहरूलाई सामान्य प्रकृयाबाट स्थायी गर’, ‘प्रविधियुत्त तालिमकाे व्यवस्था गर’, ‘श्रम शाेषणकाे अन्त्य गरियाेस’, ‘पुर्ण वालमैत्री कक्षाकाे व्यवस्था गर’, लिखित प्लेकार्डसहित मुलगेटमै धर्ना दिएकाे हाे । विध्यालय पाेशाकमै धर्नामा बसेका बाल विकास शिक्षकहरूले विहान १० बजे देखि १२ बजे सम्म धर्ना दिएका थिए । यसरी धर्ना दिएपछि गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधि कार्यालय बाहिर बसेका थिए । कार्यालयकाे दैनिक काम २ घण्टा लागि प्रभावित भएकाे थियाे ।

बालविकास शिक्षकहरूकाे धर्ना कार्यक्रम देशभरि नै अायाेजना गरिएकाे हाे । संजाल गाैरीगंजकी अध्यक्ष तेज कुमारी श्रेष्ठकाे नेतृत्वमा धर्ना दिइएकाे थियाे । कार्यक्रममा अखिल नेपाल शिक्षक एकिकृत संगठनका केन्द्रीय सल्लाकार मीन प्रसाद खतिवडाले बाल विकास शिक्षकहरूकाे माग स्थानीय तहले पूरा गर्न सक्ने जति स्थानीय तहले,संघिय सरकार गर्न सक्ने जति संघिय सरकारले यथासिघ्र पूरा गर्नु पर्ने बताए । गाैरीगंज स्राेत केन्द्रका स्राेत व्यत्ति डिल्लीराम अधिकारीले बाल शिक्षककाे माग जायज रहेकाे भन्दै सरकारले यसकाे सम्बाेधन गर्नु पर्ने बताए ।
नेपाल शिक्षक महासंघका गाैरीगंज अध्यक्ष हरिलाल यादवले बालबालिकालाई पढ्न विध्यालय बालमैत्री हुनुपर्नेमा जाेड दिएका थिए । महासंघ गाैरीगंजका सदस्य कुबेर राजपंशीले शिक्षककाे हकहितका लागि गाउँपालिकाले सकारात्मक भुमिका निर्वाह गरिदिन अाग्रह गरेका थिए । उनले बालबालिका काचाे माटाे सरह भएकाले उनीहरूलाई बालबालिका उमेरमै असल शिक्षा दिन पाए मात्र असल मानिस बन्न सक्ने बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  १२ : १४ बजे