काठमाडौं ९,भाद्र /नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ । यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । तर, भर्खर मात्र विधान संशोधन मस्यौदा समिति बनाएकाले महासमिति बैठक छठ पछाडि पुगेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति तय गरेको हो । मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने नेता प्रदिप पौडेलले बताए ।