३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

झापालाई नमुना जिल्ला बनाउने एसपी ढकालकाे याेजना


८ भाद्र २०७५, शुक्रबार  

0
Shares

20180824_112513

गाैरीगंज ८, भदाै / झापा जिल्ला प्रहरी प्रमुख भिम प्रसाद ढकालले शान्ति सुरक्षा व्यवस्थामा झापा जिल्लालाई नमुना जिल्ला बनाउने याेजना रहेकाे बताएका छन् । झापाकाे गाैरीगंजमा अाज स्थानिय सराेकारवालासंगकाे परिचयात्मक कार्यक्रममा त्यस्ताे कुरा बताउनु भएकाे हाे । प्रहरी अपराधअनुसन्धान विभागका झापा प्रमुख नगेन्द्र दहालसंगै गाैरीगंज अाइपुगेका प्रहरी उपरिक्षक ढकालले झापाका प्रहरीलाई माेडेल पुलिस बनाउने याेजनासमेत रहेकाेे बताउनुभयाे । जनतालाई सेवा दिने काममा उजुरी गरेकाे २-३ मिनेटमै जनताकाे सेवामा खटिने बतानुभयाे । अाफ्नाे मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिदै उपरिक्षक ढकालले ईलाका प्रहरी कार्यालय गाैरीगंजलाई अझ प्रभावकारी एवं जिम्मेवारी हुन निर्देशन दिदै प्रहरीकाे दरबन्दी बढाउने बताउनुभयो । जिल्लाकाे प्रत्येक प्रहरी चाैकीमा एक एक वटा माेटरसाईकल उपलब्ध गराउने प्रतिबद्वता जनाउदै उपरिक्षक ढकालले सर्वसाधारणलाई गाैरीगंजमा रहेर सीमा पारीवारि व्यापार नगर्न समेत अाग्रह गर्नुभयाे । कार्यक्रममामा उपस्थित भएका सहभागीहरूले गाैरीगंजमा भएका समस्यबारे सुनिसकेपछि उनले जवाफ फर्काएका थिए । कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज ईप्रकामा प्रहरीकाे दरबन्दी बढाउनु पर्ने माग गरेका थिए । अध्यक्ष श्रेष्ठले प्रहरीले सर्वसाधारणले भारतीय बजारबाट घरायसी प्रायाेजनका लागि ल्याएका सामानहरू प्रहरीले नराेक्न अाग्रह गरेका थिए
सहभागी समाजसेवी श्याम ढकालले विना कारण व्वारेन्टाईनले दुग्ध व्यवसायीलाई दु:ख दिएकाे बताए । क्वारेन्टाइनले भारतबाट खुललेअाम विषादी माछा भित्रिरहेकाे भए पनि कुनै राेकछेक नगरी हातले छामेर छाेडिदिने गुनासाे सुनाए । कार्यक्रममा विजय अग्रवालले भारतबाट अाएका कवाडी किन्ने व्यत्तिहरूले नेपालमा अाएर सुराकी गर्ने गरेकाे बताउदै त्यसता गतिविधि राेक्न माग गरेका थिए । सहभागी केदार ढुंगेलले नेपाल सरकारबाट अनुदानमा पाएका पेट्रोलियम पदार्थ, बीउ विजन भारतमा निर्यात भईरहेकाे हुनाले त्यस्ता कार्यलाई नियन्त्रण गर्नु पर्ने बताएका थिए । वडा अध्यक्ष मखना महताेले फेन्सिटल पिउनेहरूकाे अखडा बन्दै गरेकाे गुनासो गर्दै त्यसलाई तत्काल राेक्नु पर्ने बताएका थिए । सहभागीहरूकाे जवाफमा भर्खरै सरूवा भई अाएका सशस्त्र प्रहरी वल गाैरीगंजकका प्रहरी निरीक्षक दिपक खडकालेसमेत बाेलेका थिए । ईलाका प्रहरी कार्यालयमा प्रहरीकाे दरबन्धी ७६ रहे पनि हाल ५७ जना कार्यरत छन् भने सशस्त्र प्रहरी वलमा ५० जनाकाे दरबन्दी रहे पनि ३४ जना मात्र प्रहरी जवान कार्यरत छन् । कार्यक्रमकाे सहजीकरण गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार  १० : ०१ बजे