३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रधानमन्त्री अाेलीलाई नागरिक अभिनन्दन


७ भाद्र २०७५, बिहिबार  

0
Shares

20180822_142906

गौरादह । दुई तिहाइको भारी समर्थन पाएर  प्रधानमन्त्री बनेका केपी ओलीलाई बुधबार गौरादहमा अभिनन्दन गरिदा मोरङमा भने कालो झण्डा देखाइएको छ ।

गृहनगर गौरादह नगरपालिकाको आयोजनामा केपीको नागरिक अभिनन्दन गरिएको हो। प्रधानमन्त्री भए पश्चात ओली प्रथम पटक गौरादह आएका हुन।

केहिदिन अघि मात्र अगुवा कार्यकर्ता भेला भनी आयोजित कार्यक्रम अघिल्लो दिन एक्कासी परिवर्तन गरि नागरिक अभिनन्दनको रुपमा परिणत गरिएको थियो। यसरी सार्बजनिक कार्यक्रम गरि अभिनन्दन गरिरहदा त्यस कार्यक्रममा अग्रसर र उपस्थिति भने नेकपाका नेता कार्यकर्ता मात्र देखिन्थे।

प्रधानमन्त्रीलाई गरिने अभिनन्दन कार्यक्रममा गौरादहमा रहेका अन्य दल र त्यसका अगुवा कार्यकर्ताहरुलाई समेत औपचारिक आमन्त्रण गरिएको थिएन। साथै कार्यक्रममा अन्य दलबाट अतिथिको आसनग्रहण  गराइएको पनि देखिएन । निर्धारित समय भन्दा केही घन्टा ढिला पुगेका प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा आफुले कुनै कसर नराखि सबैलाइ समान रुपले व्यवहार गर्ने अभिब्यक्ती दिए। ओली गौरादहको कार्यक्रमलाई सम्बोधन  गरि काठमाडौ फर्किएका थिए ।

यसअघी मोरङको पथरीशनिश्चरेमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ सुकुम्बासीहरूले कालो झण्डा देखाएका छन्। बुधवार बिहान मोरङको पथरीशनिश्चरेमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सुकुम्बासीहरूले ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरीले ज्ञापनपत्र बुझाउन नदिएपछी उनिहरूले बिरोध गरेका हुन् ।

 शुभकामना आदान-प्रदान कार्यक्रम जारी रहँदा बाहिर सुकुम्बासीहरूले कालो  झण्डा सहित बिरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार  १२ : २१ बजे