१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रमजानमा राहत


२० जेष्ठ २०७५, आइतबार  

0
Shares

1p

गौरीगंज २०, जेठ / पर्वमा उपवास बसेका गरिब तथा बिपन्न मुस्लिम धर्मालम्बीहरुलाइ दान स्वरुप खाद्यान्न वितरण गरिएको छ । मुस्लिमहरुको महान पर्व रमजानको अवसर पारेर हेल्पिङ्ग ह्याण्ड संस्थाको पोषण युक्त खाद्यान्न २०१८ कार्यक्रम अन्तर्गत गौरीगंज गाउ“पालिका वार्ड नं. ६ का करिब १६० परिवारका ९ सय व्यक्तिलाई खाद्यान्न आज वितरण गरिएको हो । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को प्रागंणमा वर्क फोर नेपालले आयोजना गरेको वितरण कार्यक्रमका प्रमुख अतिथि गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । कार्यक्रममा २५ केजी चामल, ५ केजी आटा, २ केजी दाल, २ केजी चिनी, २ केजी तेल, १ केजी नुन वितरण गरिएको आयोजक संस्थाका उपाध्यक्ष केशब भण्डारीले जानकारी दिनुभयो र्। खाद्यान्न दान स्वरुप करिब ५ लाख रुपैया“ बराबरको खाद्यान्न वितरण गरिएको संस्थाका उपाध्यक्ष भण्डारीले बताउनुभयो । गौरीगंज गाउ“पालिकाको संयोजनमा कार्यक्रम सपन्न भएको थियो । कार्यक्रममा गौरीगंज गाउ“पालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडानं. ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यकारिणी सदस्य राधा अधिकारी, सदस्य मुकेश कुमार साह, सदस्य उदिम कुमार राई, सुरक्षामकर्मीलगायतको उपस्थिति थियो ।

2p
3p

प्रकाशित मिति : २० जेष्ठ २०७५, आइतबार  १ : १९ बजे