१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुस्त श्रवणका २१ विद्यार्थीलाई सहयोग प्रदान


१४ बैशाख २०७५, शुक्रबार  

0
Shares

SAMSUNG CAMERA PICTURES
बिर्तामोड १४, बैशाख /
झापाको बिर्तामोडस्थित वीरता जेसीजले सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई आज शुक्रबार विद्यालय पोशाक तथा वेड सिट लगायतका सामग्री प्रदान गरेको छ ।
बिर्तामोड–२स्थित मोहनमाया माविमा आवासीय रुपमा अध्ययनरत् ती विद्यार्थीलाई वीरता जेसीजले उक्त २१÷२१ थान विद्यालय पोशाक र वेड सिट सहयोग प्रदान गरेको हो । सरकारले उनीहरुलाई छात्रबृत्ति वापत रकम उपलब्ध गराए पनि त्यो ज्यादै न्यून भएको र अभावकाबीच अध्ययन गरिरहेको पाइएपछि वीरता जेसीजले उक्त सहयोग गरेको हो ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा अधिकृत (उपसचिव) युवराज पाण्डे, अध्यक्ष गिरी र कार्यक्रम संयोजक वीरता जेसीजका कोषाध्यक्ष जीवनकुमार खड्काले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमका सहभागीले वीरता जेसीजको अगुवाइमा भएको परोपकारी कामको प्रशंसा गरेका थिए । प्रमुख अतिथि पाण्डे, विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले वीरता जेसीजले सुस्तश्रवण भएका विद्यार्थीलाई सहयोग गरेर सकारात्मक कार्यका लागि अरुलाई पनि प्रेरित गरेको बताए ।
संयोजक खड्काले स्वागत गरेको कार्यक्रममा आस्था वाचन कार्यकारिणी उपाध्यक्ष मिक्की कार्की र सञ्चालन जनसम्पर्क अधिकारी कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा जेसीआई मिसन र भिजन वाचन कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले गरेका थिए भने नेपाल जेसीज र वीरता जेसीजको यस बर्षको प्रकरण वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष नारायण राजवंशी, समाजसेवी देवीप्रसाद गिरी, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको आतिथ्य थियो । सो अवसरमा विद्यालयकोतर्फबाट प्रमुख अतिथि पाण्डे र वीरता जेसीजलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । वीरता जेसीजले सन् २०१८मा आफ्ना पदाधिकारीहरुको जन्मोत्सव परोपकारी कार्यका साथ मनाउने परम्परा बसाले अनुसार कोषाध्यक्ष जीवनकुमार खड्काको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार  १२ : २८ बजे