३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सामुदायिक विद्यालयको गुणस्तर वृद्विमा जोड


३० चैत्र २०७४, शुक्रबार  

0
Shares

sikcha1

गौरीगंज ३०, चैत / सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कसरी वृद्वि गर्ने विषयमा आज गौरीगंजमा सामुदायिक विद्यालयका प्र.अ. तथा जनप्रतिनिधिबीच छलफल भएको छ । शैक्षिक सत्र २०७५ को शुरुआतसंगै गौरीगंज गाउ“पालिकाको शैक्षिक गुणस्तर वृद्वि गर्ने यसप्रकारको कार्यक्रमले अभिवाकमा उत्साह पलाएको हो ।
गाउ“पालिकाको सभा हलमा आयोजित कार्याक्रममा वालमैत्री वातावरणमा शिक्षण सिकाई सञ्चालन गर्नु, अभिभावकहरुसंग छलफल र अन्तक्रिया गर्नुले विद्यार्थी भर्ना अभियानमा जोड पुग्ने बताइएको थियो ।
कार्यक्रममा गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर बढाउन आफु कुनै कसर बा“की नराख्ने बताए । उनले गुणस्तर बनाउन विद्यालय बालमैत्री हुनुपर्ने, विद्यार्थीको विद्यालयसम्म सहज पहुच हुनुपर्ने र शिक्षकहरुले समयमा विद्यालय आई आफ्ना े कर्तव्य गर्नुपर्ने बताए । कार्यक्रममा गाउ“पालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्यले हाल सम्म गाउ“पािलकाले शैक्षिक वृद्वि गर्न कुनै कार्ययोजना नबनाएको तर सबैको साथ सहयोगबाट यो कार्यलाई सफल बनाउन सकिने बताए । गौरीगंज स्रोत केन्द्रका स्रोत व्यक्ति डिल्लीराम अधिकारीले गौरीगंज गाउ“पालिकाको २ वटा सामुदायिक विद्यालयको क्षेत्रलाई पोकेट क्षेत्र मानी शैक्षिक स्तर बढाउन वैशाख ५ गतेबाट अभियानको रुपमा जाने बताए । शिक्षकका तर्फबाट गोपाल प्रसाद ताजपुरियाले विद्यालयको समस्याबारे अवगत गराएका थिए । गौरीगंज गाउ“पालिका भरि २४ वटा सामुदायिक विद्यालयमा करिब ५ हजार बालबालिका अध्ययनरत छन् । कार्यक्रममा गाउ“पालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, वडा अध्यक्षहरु मखना महतो, बद्री नारायण यादव, अग्नु राजवंशी, सदस्यहरु राधा अधिकारी, हेमा आर्चायलगायतको सहभागिता थियो भने विद्यालयका तर्फबाट प्रत्येक विद्यालयका प्र अ. तथा शिक्षकहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  १२ : ३१ बजे