४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काँग्रेस झापाका सचिब खड्काको निधन


३० चैत्र २०७४, शुक्रबार  

0
Shares

khadka

झापा ३०, चैत /
नेपाली काँग्रेस झापाका सचिब लक्ष्मण खड्काको निधन भएको छ । ४६ बर्षिय सचिव खड्काको भारतको राजधानी दिल्ली स्थीत गंगाराम मेमोरियल अस्पतालमा उपचारको क्रममा नै निधन भएको काँग्रेस झापाका सभापति उद्धब थापाले जानकारी दिनु भयो ।

केही समय अघिदेखी खड्काको फोक्सोमा ट्युमर पलाएको थियो र त्यही ट्युमरमा पहिलो चरणको क्यान्सर भएका कारण खड्काको दुई हप्ता अघि अप्रेशन भएको थियो तर अप्रेशन असफल भए पछि थप उपचार भईरहेको अवस्थामा नै हिजो बेलुका करीब ९ बजेको समयमा निधन भएको खबर आएको काँग्रेस सभापति थापाले बताउनु भयो ।

परिवारसंगको समन्वयमा दिल्लीबाट स्वर्गिय खड्काको शब ल्याएर अन्त्येष्टी गर्ने तयारी गरिएको सभापति थापाले जानकारी दिनु भयो ।
स्वर्गिय खड्का मंसीरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नं. २ को प्रदेश क्षेत्र २ १ बाट काँग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  ५ : २६ बजे