६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

होली प्रेम र सद्वभावको पर्व (विशेष सम्पादकीय)


१७ फाल्गुन २०७४, बिहिबार  

0
Shares

holi pp

होली अर्थात फागु पर्व हरेकको घरघरमा प्रवेश गरिसकेको छ । आज पहाडी र भोली तराईका जिल्लाहरुमा होली पर्व धुमधामका साथ मनाउने गरिन्छ । होली पर्व नेपाली संस्कृतिको एक अभिन्न अङ्गको रुपमा स्थापित भइसकेको छ । शिशिर ऋतुको जाडो कुहिरोले कठ्याङग्रिएर नैराश्य भएकालाई वसन्त ऋतुको आगमनमा होली पर्वको रङ्गले थप उल्लासमय र प्रफुल्लित बनाएको छ । नेपाली संस्कृतिको होली पर्वले ल्याएको उल्लासमय वातावरणमा नरनारीबीचको रङ्गी आघात प्रेम र सद्वभावले मानव जीवनलाई स्वास्थ्य बनाउन मद्दत पुर्याएको छ । यसले जीवनप्रति उत्साह र सकारात्मक भावना जगाउ“छ ।
फागु पर्वको अनेकौ पौराणिक प्रसङ्गहरु छन् । सम्राट हिरण्यकश्यपको छोरा विष्णुभक्त प्रल्हाद शिवजीबाट आगोको रापले डढाउन नसक्ने वरदान प्राप्त प्रल्हादकी फुपु होलीकाको प्रसङ्ग आउ“छ । यसमा सत्यको जित र खराब प्रवृत्तिको पराजयको प्रतीकको रुपमा आगोले होलिका घटना भई प्रल्हाद सकुसल रहेको पछि गएर उत्सवको रुपमा होली खेल्ने परम्परामा परिणत हुन गएको मानिन्छ । यस्ता अनेकौ प्रसङ्गहरु छन् जसले होली मानव सभ्यतासंग प्रत्यक्षरुपमा गासि“एको छ । चाहे पहाडमा होस् या तराईमा यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ मनाउ“दै आएको पाइन्छ । तर यो राष्ट्रिय उत्सवलाई सरकारले पहाड र तराईलाई अलग अलग चश्माले हेरेको पाइन्छ । पहाडी जिल्लाहरुमा दिइने सार्वजनिक विदामा तराईको झापा जिल्लालाई पहाडी जिल्लामा दिइने विदासंगै अर्थात फागु पुर्णिमा कै दिन दिइएको छ भने तराईका अन्य जिल्लाहरुमा एक दिन पछि विदा दिइएको छ । जब कि झापामा तराईका अन्य जिल्लासंगै होली पर्व मनाउने गरिएको पाइन्छ । अघिल्लो ओली सरकारको मन्त्रि परिषदबाट उक्त सार्वजजिक विदा दिइएको थियो । यस्तो प्रकारको दिइने विदाले सरकारले जनताबीचको सद्भाव फाटो ल्याउने , सहिष्णुता खल्बल्याउने र उल्लास प्रति निराशा पैदा गर्नेप्रति उद्दत रहेको देखिन्छ । यसलाई कुनै पनि बाहानामा ढिलो नगरी अविलम्ब तत्काल सच्याउनु जरुरी छ । अनि मात्र होली्को महत्व र सान्दर्भिकता अझ प्रगाढ हुदै जान्छ ।
चाहे पहाडमा होस या तराई जिल्लाहरुमा शालीन तरिकाले यो पर्वलाई भव्यरुपमा मनाउने गछर्न । मधेशका जिल्ला मध्ये झापामा आदिवासी समुदायका मानिसहरु विहान घर आगन लिपपोत गरी आ–आफ्नो कुल देवतालाई अविर,रङ्ग र घरमा विशेष प्रकारले चामलको पिठोले पकाइएको ‘पो’ चढाइन्छ । तत्पश्चात पुरुष र महिलाहरुबीच समूह समूहमा भेला भई जात वर्गको भेदभाव नगरी खुलारुपमा होली खेलि“दा रङ्गपानी शिरदेखि पाउ“सम्म छेपेर निधारमा अविर लगाई विहान देखि अपरान्हसम्म मस्तसंग खेलेर आ–आफ्नो मान्यजनमा ढोग भेट गरी र मिष्ठान खाना आदि खुवाई अर्को साल पुनः जम्मा हुने वाचा गरी आ–आफ्नो घर फर्कन्छ । असत्यमाथि सत्यको जितको उत्सवको रुपमा मनाइने यो होली पर्वमा वर्ष भरिको मनमुटाव रङ्ग र अविर लागाएर समाप्त भई आपसमा सद्वभाव अझ प्रगाढ हुनुले विश्वासले यो पर्वको महत्व विशेष छ । होली जसरी मनाए पनि ‘विजय त्यसको हुन्छ जो धर्ममा अडिग रहन्छ, धर्म त्यो हो जुन सत्य हुन्छ’ भन्ने मुख्य सन्देश हामी सबैले बुझ्नु जरुरी छ । यसलाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता छ र त्यसलाई जोगाउनु वर्तमान पुस्ताको जिम्मेवारी हुन आउ“छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार  ८ : ५२ बजे