१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुसहर र सन्थालका वालवलिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण


११ माघ २०७४, बिहिबार  

0
Shares

santhal

बैगुनधुरा ११, माघ / झापाको बैगुनधुराका मुसहर र सन्थाल समुदायका बिधार्थीलाई दमक निवासी शिक्षक दुर्गा देवी काफले खनालले न्यानो कपडा वितरण गर्नु भएको छ ।

अहिलेको गौरादह नगरपालिका ९ को लेखनाथ आधारभूत बिधालयमा अध्ययन गरी रहेका मुसहर र सन्थालका वालवलिकालाई शिक्षक काफलेले आज न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।

उहाँसंगै ६० जना र लेखनाथ बिधालयकी शिक्षक गीता घिमिरेले ११ जना शिशु कक्षामा अध्ययन गरी रहेका बिधार्थीलाई बिधालयको पोशाक वितरण गर्नु भएको छ । विपन्न परिवार र जनमन गरी खाने परिवार रहेको दलित र सन्थाल समुदायका ८० प्रतिशत बिधार्थी अध्ययन गरी रहेको बिधालयका प्रधानध्यापक राम बहादुर ढुंगानाले जानकारी दिनु भयो ।

दाता शिक्षक काफले पाणिनी मावि दमकमा अध्यापन गराइ रहनु भएको छ । छोराले जाडोमा लगाउने स्वीटर पाएपछि खुशी ब्यक्त गर्दै अभिभावक झिल्ला ऋषीदेवले पढाईमा थप हौसला दिएको बताउनु भयो । हामी जस्ता दुःखी र दलितको छोरा छोरीले सहयोग पाइन्छ भन्ने नसोचेको ऋषीदेवले बताउनु भयो ।

बिधालयका प्रधानध्यापक ढुगानाले केही बिधार्थीहरु सहयोग लिन आउने अरुवेला स्कुल नआउने समस्या प्रति अभिभावकलाई सचेत गराउदै छोरा छोरीलाई सधैं बिधालय पठाइ दिनु आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले वालवालिकालाई स्वीटर वितरण गरेपछि बोल्दै शैक्षिक बजेट अन्तर्गत विपन्न विधार्थीको शैक्षिक सुधार र बिधालय मर्मत सम्भार लगायतका काममा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्न भएको थियो ।

बिधालय ब्यवस्थापन समिति अध्यक्ष इन्द्र बहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा दाता दुर्गाले बोल्दै शिक्षण सिकाईका बिभिन्न कुरा मध्ये ब्यवहार परिर्वतन शिक्षाका लागि ठूलो कुरा रहेको बताउनु भयो । स्रोत ब्यक्ति छविलाल बस्नेत, वडानम्वर ९का वडा अध्यक्ष सीता राम भटराई लगायतले शैक्षिक गुणस्तरताको बिषयमा चर्चा गर्नु भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार  १० : २९ बजे