७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हरेक समुदायको प्रिय खाजा ‘भक्का’


२९ पुस २०७४, शनिबार  

0
Shares

vakka photo

गौरीगंज / झिसमिसेमै गौरीगंजको सडक छेउछाउमा टाढाबाटै माटाको चुलो दनदनी बलिरहेको देखिन्छ । घैलाबाट निस्किरहेको पानीको वाफमा गोलो र चेप्टो आकारको परिकार पाकिरहेको हुन्छ । वरिपरि विद्यार्थीदेखि बटुवासम्म अचार, नुन वा चिनीस“ग त्यसको त्तातो स्वाद लिइरहेका हुन्छन् ।
बिहान अरू खाजा नपाइए पनि यो पाइलापिच्छै सर्वसुलभ उपलब्ध हुन्छ चिसो याममा । यो ठाउ“मा मात्र नभएर तराईकै चोक, बजार र गल्लीमा बिहान–बेलुकी जाडो याममा बेचिने यो लोकप्रिय खाजालाई स्थानीय भाषामा भक्का भनिन्छ । पानीको वाफमा पकाइने हुनाले भक्का नाम रहेको स्थानीय आदिवासी समुदायका मानिसहरुको भनाइ छ ।
मंसिरमा सबैको घरमा धान उपलब्ध हुन्छ । तुलनात्मक रूपमा चामल सस्तो पनि हुन्छ । पुरानोभन्दा नया“ चामलबाट राम्रो र नरम भक्का बन्छ । तातै खाँदा स्वाद लाग्ने, पचाउन सजिलो र शरीर न्यानो रहने हुनाले जाडोमा भक्का पकाइने गरिएको गौरीगंजका प्रकाशचन्द्र राजवंशी बताउ“छन् ।
हुन त राजधानीलगायत सहरमा फाट्टफुट्ट रूपमा तराईको यो स्वादिष्ट परिकारको विस्तार भएको छ । ठूला सहरका शिक्षण संस्थाबाहिर बिहानीपख ठेला गाडीमा यसको बिक्री भइरहेको हुन्छ ।
मुख्यतया राजवंशी, थारु र ताजपुरिया समुदायका महिला यसको व्यवसाय गर्छन् । तर, यसलाई सबै जातिकाले मीठो मानी खाने गरेका छन् । धेरैले पुर्खौंदेखि र केहीले अरूबाट सिकेर यो हिउ“दे व्यापार गर्छन् । सबैको उद्देश्य अतिरिक्त आम्दानीबाट परिवारलाई सहयोग पुर्याउनु हो ।
निम्न आय भएका यस समुदायका उनीहरू बिहान–बेलुका बाहेकको समयमा खेती मजदुरी काम गर्छन् । अधिकांश महिलाका पति यातायात मजदुर, ज्यालादारी श्रमिक र वैदेशिक रोजगारीमा भएकाहरु यस व्यापारमा संलग्न छन् । केहीका पति बेरोजगार भएकाले दुई छाक टार्न र छोराछोरी पढाउन उनीहरू सडकछेउमा भक्का बेच्छन् । विद्यालय बिदा भएका बेला छोराछोरीले समेत सहयोग गर्छन् ।
। ओहोरदोहोर गर्न समय लाग्ने हुनाले दुवै समय बेच्न नसकेको मोरङ कटहरी–९ की व्यवसायी शर्मिला ताजपुरिया बताउ“छिन् । ग्राहकको रुचि अनुरूप केहीले बिहान भक्का र बेलुकी चप, कचौरी एवं सेल बेच्छन् ।
एक समय मात्र भक्काको व्यवसाय गर्नेले न्यूनतम ५० देखि २ सय ५० रुपिया“सम्म नाफा गर्दै आएको खजुरगाछीकी मायादेवी राजवंश्शी सुनाउ“छन् । बिहानबेलुकी बेच्न सकेमा नौ सय रुपिया“सम्मको बिक्री हुदा“ आधा बचत हुन्छ । नाफै नभए पनि लगानी निस्केर बच्चाबच्चीलाई खान पुग्ने गरेको केहीको अनुभव छ ।
भक्का पारखीको उमंगलाई मधेस आन्दोलनले सिर्जना गरेको अभाव र महँगीले पनि प्रभावहीन बनाउन सकेको छैन । दाउरा र चामलको मूल्य बढेकाले यो मौलिक परिकारको आकार घटेको छ । प्रतिगोटा सानोको मूल्य पा“च रुपिया“ र ठूलोको १० रुपिया“ पर्छ । ‘दाम त उही हो, सामग्रीको दाम बढेर आकार घटाउनु परेको हो ’ विक्रेता जानकी राजवंशी भन्छिन् ।
भक्का हरेक जाति, वर्ग, रङ र समुदायको प्रिय खाजा हो । बालबालिकादेखि बूढापाकासम्मले मन पराउने समावेशी परिकार हो । खानपानको परिकारले यसले सबै जातजातिका नेपालीलाई जोडिरहेको छ । ‘भक्का बनाउने कुन जात वा समुदायको हो भन्ने कुराको मतलब राखिदैन, मीठो भए पुग्छ’ खजुरगाछीका राम ढकाल भन्छन् । यसको महत्व बुझेर कोचिला गाभुर फ्रन्टले प्रत्येक वर्षको पुस २९ गते ‘भक्का दिवस’ मनाउने घोषणा गरेको फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार  १२ : ४१ बजे