३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश प्रमुख स्वतन्त्र व्यक्तित्वलाई बनाउन प्रस्ताव गर्दै कांग्रेस


१८ पुस २०७४, मंगलबार  

0
Shares

congress deuba
काठमाडौं १८, पुस /
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखमा स्वतन्त्र व्यक्तिहरुलाई चयन गर्ने प्रस्ताव गर्ने भएका छन्। केही क्षणमै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग यसै विषयमा छलफल गर्दैछन्।

प्रदेश प्रमुख चयन लगायतका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरुसँगको छलफलमा स्वतन्त्र व्यक्तिलाई चयन गर्न कांग्रेसको प्रस्ताव रहने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

‘आजको बैठकले प्रदेश प्रमुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ’ पौडेलले भने, ‘छिट्टै बाँकी चार दलका प्रमुखसँग यस विषयमा छलफल हुँदैछ।’

‘कस्ता व्यक्तिलाई प्रदेश प्रमुख बनाउने भन्ने विषयमा पनि पार्टीमा हामीले छलफल गरेका छौं, राजनीतिक भागबण्डा कि स्वतन्त्र व्यक्तित्वहरुलाई गर्ने भन्नेमा छलफल भयो’ पौडेलले भने, ‘हाम्रो प्रस्ताव स्वतन्त्र खालका राष्ट्रिय व्यक्तित्वहरुलाई प्रदेश प्रमुख बनाउनु पर्छ भन्ने छ।’

प्रकाशित मिति : १८ पुस २०७४, मंगलबार  ११ : ३४ बजे