४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुस्लिमहरु संगठित हुदै


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

musjid1

गौरीगंज / मुस्लिम समुदायको हकहितकालागि यहाँका मुस्लिमहरु एकजुट भएका छन् । झापाको गौरीगंजका मुस्लिमहरु विहीवार गौरीगंजमा नेपाल मुस्लिम नागरिक समाज गठन गरी संगठित भएका हुन् । भेलाले मो. नसिर उदीनको अध्यक्षतामा ११ सदस्यीय नेपाल मुस्लिम नागरिक समाज गठन गरेको छ । समाजको उपाध्यक्षमा मो. असामुदिन, सचिवमा मो.ईसलाम(नजिर), उपसचिवमा मो. फारुक, कोषाध्यक्षमा मो. मुस्लिम , सदस्यहरुमा मो. लालु, मो.नजिरउदीन, मो.सलिमो उदीन, मो.अकबर, मो.राजु र मो. राजु हुसेन रहेका छन् । भेलामा समितिको विधान बनाई जिल्ला प्रशासनमा दर्ता गराउनेसमेत निर्णय गरिएको छ । भेलामा ५ सदस्यीय सल्लाहकार समितिसेत गठन गरिएको छ । सल्लाहाकार समितिमा मो. तुफानी, मो. अलि हसैन, मो. सेकरा, मो.ह्रसीम, मो. माघु मिया“ रहेका छन् । आर्थिक, सामाजिक, शैक्षिकरुपमा पछाडि परेको भन्दै उनीहरुले समिति गठन गर्नु परेको समाजका अध्यक्ष मो.नसिर उदीनले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ६ : २० बजे