१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा निर्वाचन र संचार बिषयक अन्तरक्रिया


२४ कार्तिक २०७४, शुक्रबार  

0
Shares

nirbachan

विर्तामोड २४, कात्तिक / झापाको विर्तामेडमा आज निर्वाचन र संचार बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यलय झापाको आयोजना र नेपाल पत्रकार महासंघ झापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख गोपाल आचार्यले निर्वाचन आचारसंहिताका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मिले मतगणनाका समयमा संचार क्षेत्रलाई सुचना दिने विषयलाई सहज बनाउने प्रतिवद्धता जनाए । रेग्मिले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सरोकारवाला सबै पक्षले आचारसंहिता पालना गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले झापाका संचारमाध्यमहरुले प्रकाशन, प्रसारण एवं सम्प्रेषण गरेका समाचारहरुका विषयमा आफ्नो भनाई राखेका थिए । सापकोटाले राखेको भनाईमा केहि सञ्चारकर्मीहरुले आफ्नो प्रतिबद्घता प्रकट गरेका थिए । सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रेग्मिको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश पोखरेल, प्रमुख निर्वाचन अधिकारी आचार्य लगायत झापाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका सह–सचिव केशव भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार  १ : १८ बजे