१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बावुछोराले जिते पदक


१० कार्तिक २०७४, शुक्रबार  

0
Shares

babu

काठमाडौं
/२०७४-भारतको दिल्लीमा जारी विश्व पावर लिफ्टिङ च्याम्पियनमा नेपालका लागि बावुछोरा दुवैले उत्कृष्ट प्रदर्शनसाथ पदक जितेका छन् । बावु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पारे । यस्तै छोरा रोजिन नकर्मी सवजुनियर (१९ वर्षमुनि) कांस्य पदक जित्न सफल भए ।

पावर लिफ्टिङमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै आएका छन् । सन् २०१४ मा दिल्लीमै भएको प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत जितेका थिए । सन् २०१५ मा केरेलामा ज्ञाननारायण महर्जन र सन् २००५ मा दिल्लीमा दिनेश श्रेष्ठले कांस्य पदक जितेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ४ : १५ बजे