१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपाले घोषणा गर्‍यो झापाका ५ स्थानीय तहका लागि उम्मेदवार गौरिगञ्जका लागि बाबुराजा श्रेष्ठलाई उम्मेदवार


९ बैशाख २०७४, शनिबार  

0
Shares

दमक / राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका दुई गउँपालिका सहित पाँच स्थानीय तहमा आफ्ना तर्फबाट प्रमुखको उम्मेदवार टुंगो लगाएको छ। १५ स्थानीय तह मध्ये ५ स्थानीय तहमा नगर प्रमुखको टुंगो लगाएको हो। आज झापाको दमकमा भएको पार्टीको चुनावी सभामा पार्टी अध्यक्ष कमल थापाले गाउँ तथा नगरपालिका प्रमुखका उम्मेदवारको नाम घोषाणा गरे। झापाको सदरमुकाम तथा नेपालको पुरानो नगरपालिकामध्ये एक नगरपालिका भद्रपुरमा नवराज पनेरुलाई पार्टीको तर्फबाट नगर प्रमुखको उम्मेदवार तोकिएको छ। उक्त नगरपालिकामा उपप्रमुख सहित अन्य पदको भने टुंगो लगाएको छैन। बिर्तामोड नगरपालिकामा भक्ति सिटौलालाई पार्टीको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनाएको छ। त्यस्तै दमक नगरपालिकामा राम थापालाई प्रमुख र रीता श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। यो नगर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नगर भएकाले विषेश महत्वका साथ हेरिन्छ। यस्तै राप्रपाले गौरिगञ्ज गाउँपालिकाको प्रमुखका raprapaका रुपमा अघि सारेको छ। हल्दिवारी गाउँपालिकाको प्रमुखका लागि पार्टी महामन्त्री राजेन्द्र लिङ्देनका भाई रविन्द्र लिङ्देनलाई प्रमुखका रुपमा अघि सारेको छ। पार्टीका तर्फबाट भएका उम्मेदवारलाई पार्टी अध्यक्ष थापाले अबिर लगाउँदै विजयको शुभकामना दिएका थिए। उनले पार्टीको जित सुनिश्‍चित रहेको दाबी गरे।

प्रकाशित मिति : ९ बैशाख २०७४, शनिबार  १ : ०६ बजे