१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका पहिलो अधिवक्ता बर्माको निधन


१३ चैत्र २०७३, आइतबार  

0
Shares

barma
विर्तामोड /

झापाका पहिलो अधिवक्ता नरेशकुमार वर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । झापा भद्रपुर ८, क्याम्पस मोड निवासी वार्मा केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

स्वतन्त्र बाम बुद्धिजीवीको रुपमा स्थापित बर्मा जीवनको उत्तरार्धमा वकालत पेशालाई थाँती राखेर उद्योग÷ब्यवसायमा लागेका थिए । बर्मा तल्लो वर्गदेखि माथिल्लो वर्गसम्म घुलमिल हुन सक्ने नरम स्वभावका साझा ब्यक्तित्वको रुपमा परिचित थिए ।

उनका दुई छोरामध्ये कान्छो छोरा विनेशकुमार बर्माको यसअघि नै सवारी दुर्घटनामा निधन भइसकेको छ । उनकी धर्मपत्नी मीना बर्मा र छोरा–बुहारी नितेश बर्मा रहेका छन् ।-

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  १ : २९ बजे