४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आइतबारदेखि नयाँ स्थानीय संरचना


२७ फाल्गुन २०७३, शुक्रबार  

0
Shares

काठमाडौं, २७ फागुन / नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछन् । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् ।

आजको नागरिक दैनिकमा खबर छ– नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् ।

संविधानअनुसार स्थानीय तह (७ सय ४४ वटा गाउँ÷नगरपालिका) पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिारीलार्य बिहीबार निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्बाट पारित स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आइतबारदेखि लागू हुने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७३, शुक्रबार  ४ : ४७ बजे