१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी जातिमा बेटा थालेसेमिया नामक बंशानुगत रोग


९ माघ २०७३, आइतबार  

0
Shares

Beta

विर्तामोड / पूर्वी नेपालमा वसोवासरत राजवंशी जातिका अधिकांश मानिसमा रगत सम्वन्धी बेटा थालेसेमिया नामक बंशानुगत रोग पत्ता लागेको छ ।
रगत कमी हुने, रगतमा हेमोग्लोविनको मात्रा कम हुने, एनिमिया हुने, हड्डी कमजोर हुने, पेट फुल्ने जस्ता सो रोगको लक्षण रहेको छ । भर्खरै गरिएको एक अध्ययन अनुसार आधा भन्दा बढी राजवंशीमा बेटा थालेसेमिया रोग फेला परेको हो । बी एण्ड सी टिचिङ हस्पिटल विर्तामोडको प्राविधिक सहयोगमा मेची बहुमुखी क्याम्पसकी प्राणीशास्त्रकी सह–प्राध्यापक गीता श्रेष्ठ सहितको टोलीले केही दिन अघि भद्रपुर मोतियावारीका राजवंशीहरुको रगत संकलन गरेको थियो । संकलित १०५ जनाको रगतमध्ये ५६ जनामा सो रोग भेटिएको हो । संकलित रगतको स्क्रिनिङ गर्दा ५६ जनामा सो रोग भेटिएको र कन्फरमेटिभ टेष्ट गर्न काठमाण्डौं लगिने अध्ययनमा संलग्न श्रेष्ठले बताउनुभयो । टिचिङ हस्पिटल, स्वास्थ्य विभाग सहित काठमाण्डौंको तीन स्थानमा मात्र त्यस किसिमको रगतको परिक्षण गर्ने प्रयोगशाला रहेको जनाइएको छ ।
बेटा थालेसेमिया रोग लागेपछि मानिस कमजोर हुने गर्दछ । शरिरमा रगत राम्ररी वनेन भने विरामीलाई रगत दिनुपर्ने हुन्छ । तर धेरै रगत चढाउदा आइरन बढी हुने, हेपाटाइटिस, डाइबिटिज जस्ता रोग लाग्न सक्ने खतरा हुने गरेको छ । सो रोग बंशानुगत रुपमा सर्न नदिन बिहे गर्दा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । बेटा थालेसेमिया हुनेले बेटा थालेसेमिया नभएकासंग बिवाह गर्दा उनीहरुबाट जन्मिने सन्तानमा रोग नसर्ने प्राध्यापक श्रेष्ठले बताउनु भयो । अन्तरजातीय विवाहवाट यसलाई हटाउन सकिने उहाँको सुझाव छ । आफ्नो जातिमा देखिएको बंशानुगत रोग हटाउन बेटा थालेसेमिया हुनेलाई बेटा थालेसेमिया नभएकासंग बिवाह गर्न प्रोत्साहन गरिने राजबशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजबशी बताउनु हुन्छ । राजवंशी जातिसंगै आदिवासी समुदायको चौधरी जातिमा पनि बेटा थालेसेमिया रोग पाईएको छ । सो रोग भएका व्यक्तिलाई औलो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : ९ माघ २०७३, आइतबार  १० : ३४ बजे