१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्राणेर सखी एलबम विमोचन


८ माघ २०७३, शनिबार  

0
Shares

album newss

गौरीगंज / झापाको गौरीगंजमा स्थानिय कोच भाषाको प्राणेर सखी अडियो तथा भिडियो एलबम आज विमोचन गरिएको छ ।
गौरीगंजको अतिथी सदन प्राङ्गणमा स्थानिय बाबुराम ताजपुरिया, ज्ञानु ताजपुरिया, मुकेश ताजपुरिया र विजय ताजपुरियाले कला र साहित्यको माध्यमबाट कोच भाषाको संरक्षण गर्न र आदिवासीहरुको सांस्कृतिक पहिचान झल्काई लोक संस्कृतिको उत्थान गर्ने उद्येश्यले निकालिएको एलबमलाई एक कार्यक्रमका बिच राष्ट्रिय लोक गायक तथा कार्यक्रमका प्रमुख अतिथि सीताराम ताजपुरियाले विमोचन गरेका छन् । एलबममा मानदेव ताजपुरियाको संगीत र मानदेव ताजपुरिया, योगेन ताजपुरिया र देव कुमार ताजपुरियाको स्वर रहेको छ । एलबममा चार वटा गीत रहेका छन् । त्यस अवसरमा कोचिला राष्ट्रिय गायन प्रतियोगिताका पा“च जना विजेताहरुलाई गम्छा ओडाई सम्मान गरिएको थियो । सम्मानित हुने गायकहरुमा योगेन्द्र ताजपुरिया, दिलकुमार राजवंशी, रीता राजवंशी, राम राजवंशी र निकिता राजवंशी रहेका छन् । विमोचन कार्यक्रमका अध्यक्ष कामदेव ताजपुरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषदका लखनपुर अध्यक्ष चन्द्र प्रसाद ताजपुरिया, लोक गायक भविश चन्द्र ताजपुरिया, ताजपुरिया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरिया र गौरीगंज गाविसका पुर्व अध्यक्ष देवी प्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन प्रल्हाद ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार  ९ : ५९ बजे