३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा ट्राफिक पोष्टको उद्घाटन


२७ पुस २०७३, बुधबार  

0
Shares

traffic1गौरीगंज २७, पुस / झापाको गौरीगंजमा आज अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरिएको छ । झापा जिल्ला ट्राफिक कार्यालय विर्तामोडका प्रमुख ढुण्डीराज गिरीले उक्त पोष्टको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख गिरीले यस क्षेत्रका जनताको माग अनुसार पोष्टको स्थापना गरिएको र यसले सवारी दुर्घटना न्युनीकरण गर्न सहयोग मिल्ने बताए । ट्राफिक प्रहरीलाई यस क्षेत्रमा स्थायीरुपमा स्थापना गर्न यहाँका राजनीतिक दल, बुद्विजीवि, समाजसेवी र व्यापारी सबैले सहयोग गर्नुपर्ने बताए । हेल्मेट नलगाउने, २ जना भन्दा बढी सवारी मोटरसाइकलमा चढ्ने, मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई ट्राफिकले दण्ड जरिवाना गर्ने बताए । ट्राफिकका लागि हेल्मेट होइन स्वयंमका लागि हो भन्ने कुराको हेक्का प्रत्येक नागरिकले राख्नु पर्ने बताउदै ट्राफिक प्रमुख गिरीले सवारी लाइसेन्स जहाँ सवारीको चाप हुन्छ त्यही चेक जाँच गरिने बताए । सवारी लाइसेन्स लिने प्रक्रियामा पहिले भन्दा अहिले खुकुलो भएको भन्दै प्रक्रिया पुऱ्याई लाइसेन्स लिन उनले आग्रह गरे । झापा उद्योग वाणिज्य संघ गौरीगंजको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मखना महतो गैदारले गरेका थिए । कार्यक्रममा गौरीगंज बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष बाबुराजा श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्प ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य घनश्याम रिजाल, एमालेका जिल्ला सदस्य बलराम खरेललगायतले बोलेका थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख यज्ञ प्रसाद आचार्य, फोरम लोकतान्त्रिकका देवीप्रसाद राजवंशी, गौरीगंज गाविस सचिब विरेन्द्र खड्का, ट्राफिक पोष्टका असई रोहित थापा, पत्रकार आत्माराम राजवंशी, झगेन्द्र खड्का लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ पुस २०७३, बुधबार  ११ : २२ बजे