२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन


२६ पुस २०७३, मंगलबार  

0
Shares

Kisan
काठमाडौं , २६ पुस / सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।

कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।

२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले पेन्सन दिन लागेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारले ७० वर्षमाथिका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । अरु कुनै सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुले भने भत्ता वा पेन्सनमध्ये एक रोज्नु पर्ने छ ।

यसले कृषि पेसाप्रति नागरिकको सम्मान बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । सात प्रदेशको सात जिल्लाको गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने तयारी भएको उनले बताए

प्रकाशित मिति : २६ पुस २०७३, मंगलबार  ११ : ०० बजे