१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

७१९ स्थानीय तह, ४ महानगर र १२ उपमहानगर बन्ने


२२ पुस २०७३, शुक्रबार  

0
Shares

aayog1

काठमाडौं , २२ पुस / स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । र, प्रधानमन्त्री प्रचण्डलाई केहीबेरमा प्रतिवेदन बुझाउँदैछ ।

आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको छ ।

आयोगको सुझावअनुसार विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् ।

आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । तर, मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गगरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  १० : ५७ बजे