१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


२१ पुस २०७३, बिहिबार  

0
Shares

सुरुङ्गा ,२१ पुस / पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको चारपाने सडक खण्डमा आज दिउसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महाभरा– ७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्वरको मोटरसाइकल र विपरित दीशाबाट आँउदै गरेको मे १ च ३११५ नम्वरको वोलेरो कार आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सम्लग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ पुस २०७३, बिहिबार  ९ : ०७ बजे