१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

राजवंशी समाज विकास समितिका निवर्तमान केन्द्रिय अध्यक्ष पदमप्रसाद राजवंशीको निधन


११ मंसिर २०७३, शनिबार  

0
Shares

padam prasad

घैलाडुब्बा / कान्काई नगरपालिका –९ लकडीगदी निवासी शिक्षासेवी तथा समाजसेवी पदम प्रसाद राजवंशीको हिजो शुक्रबार ६७ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।
मंसिर १० गते शुक्रवार ४ बजेर ३० मिनेटमा आफ्नै निजी निवासमा एक्कासी हृद्यघात हुदा“ उपचार गर्न लैजानेक्रममा उनको निधन भएको हो ।
वि.सं. २००६ साल ८ महिना ४ गते जन्मिनु भएका बुबा टोपलाल राजवंशी र आमा मेनुका राजवंशीका छोरा उहा“ राजवंशी समाज विकास समितिका निर्वमान केन्द्रिय अध्यक्ष थिए । नेपाल रेडक्रस सोसाइटी घैलाडुब्बा शाखाका संस्थापक अध्यक्ष, आदर्श उच्च मा.वि. घैलाडुब्बाका सहायक प्र.अ., टेकनारायण फाउन्डेसनका सदस्य, अरुणोदय मावि घैलाडुब्बाका संस्थापक सदस्य, नेपाल नेत्रज्योती संघका आजिवन सदस्य, एमनेष्टि इन्टरनेशनलका आजिवन सदस्य तथा ‘हामार भाषा’ पुस्तकका लेखक तथा बुद्धिजीवी पदम प्रसाद राजबंशीले वि.सं. २०२८ साल देखि २०६६ सालसम्म अध्यापन पेशामा संलग्न थिए । उनका ३ छोरा, २ छोरी र ३ जना नातिनातिना छन् । उहा“को पार्थिव शरीरलाई हिन्दु परम्परा अनुसार आज विहान १० बजे कान्काई माई खोलामा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । यस असामयिक दुःखत निधनमा कोचिला न्युज डटकम परिवार हार्दिक श्रद्वान्जलि प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने इश्वरले शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७३, शनिबार  ३ : ३७ बजे