१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्व. दुर्गा प्रसाद राजवंशीको स्मृतिमा अक्षय कोष स्थापना


११ कार्तिक २०७३, बिहिबार  

0
Shares

durga prasad rajbanshi photo

गौरीगंज / आफ्ना माता पिताका स्मृतिमा समाजसेवी तथा उर्जावान युवा व्यत्तित्व कमल प्रसाद राजवंशी र उहा“को परिवारले एक लाख रुपैया“को अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
गौरादह नगरपालिका –१० हेङ्गाटोली निवासी बुवा स्व. दुर्गा प्रसाद राजवंशी र आमा स्व. चिन्तादेवी राजवंशीको नाममा उह“ाको छोरा कमल प्रसाद राजवंशी र तुलसीप्रसाद राजवंशीलगायत उहा“को परिवारले विहिवार आयोजित श्रद्वान्ञ्जी कार्यक्रममा रु १ लाख रुपैया“को अक्षय कोष श्री गौरीगंज बहुमुखी क्याम्पस गौरीगंजलाई हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।
। उत्त अक्षय कोषको ब्याजबाट २ जना गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने जनाइएको छ ।

स्व.दुर्गा प्रसाद राजवंशीको कार्तिक ५ गते शुक्रवार राती ९ बजेर १२ मिनेटमा आफ्नै निजी निवास हेङ्गाटोलीमा निधन भएको थियो । निमोनिया रोगले थला परेका राजवंशीलाई शनिवार हिन्दु धार्मिक परम्परा अनुसार नजिकको रामचन्द्र खोलामा अन्त्येष्टि गरिएको थियो । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेको पूर्व प्रधानपञ्च राजवंशीलाई सघन उपचार कक्ष (आई सी.यु.) मा १३ दिनसम्म राखी उपचार गराई घर ल्याइएको थियो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका खेलेका राजवंशी वि.सं. २०२० देखि २०२२ सालसम्म कोहवारा गाविसका प्रधानपञ्च भएका थिए । स्व. गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको तत्कालिन नेपाल सद्रभावना पार्टीका केन्द्रिय उपाध्यक्ष समेत भएका नेता राजवंशी पार्टीले काठमाडौं माइतीघरमा आयोजना गरेको १४ दिनसम्म भोक हड्तालमा सक्रिय सहभागि भएका थिए । झापा क्षेत्र नंं. ६ बाट दुई पटक संसदीय निर्वाचनमा उम्मेदवार भइसकेका राजवंशी २०६२ ÷६३ सालको गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । राजवंशी गौरीगंज बहुमुखी क्याम्पसका अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७३, बिहिबार  ६ : १७ बजे