३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोच संग्रालयलाई पुर्णता दिन झापाली सांसदहरुको प्रतिबद्धता


२९ आश्विन २०७३, शनिबार  

0
Shares

kochila sangralaye1
घैलाडुब्बा / कोच राजबंशी संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्धन केन्द्रद्धारा शुक्रबार आयोजित झापाली संसदहरुसंगको अन्तरक्रिया तथा कार्यपत्र २०७३ हस्तान्तरण कार्यक्रम कनकाई नगरपालिका वार्ड नं ९ स्थित अरुणोदय अंग्रेजी माबिको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सांसदहरु माननिय प्रेम बहादुर गिरी, सुधिर सिवाकोटी, सरिता प्रसाई, अमृतलाल राजबंशी, मोहन टुडु, हरि राजबंशी, मिलन कुमारी राजबंशी बिशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सभाअध्यक्षता केन्द्रका अध्यक्ष प्रेम प्रसाद राजबंशीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रका सचिव जय प्रसाद राजबंशीले गर्नु भएको थियो । स्वागत मन्त्व्य अरुणोदय अंग्रेजी मा।बिका प्रिन्सिपल अरुण राजबंशीले गर्नु भएको उक्त कार्यक्रममा बिभिन्न राजनैतिक दल, संघसंस्था, स्थानिय बुद्धिजिबी, समाजसेवी र सर्वसाधरणको उपस्थिती रहेको थिया । कार्यक्रममा स्वागत मन्त्व्यकै क्रममा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै करिब ६० लाख मुल्य बराबरको आठ कठा जग्गामा बन्न लागेको कोच राजबंशी संग्राहलय तथा सांस्कृतिक केन्द्रको पुर्णताको लागि राज्यको पुर्ण सहयोग बिना अपुरो रहने भएको हुँदा माननियहरुको साझा प्रयासले राष्टिय योजनामा पार्न सकिन्छ जसले गर्दा सरकारले यसको ओनरसिप लिन सकोस भन्ने उद्धेश्यले माननियहरुलाई कार्यपत्र मार्फत अवगत गर्न साथै यो भावि दिनमा केन्द्रले सांस्कृतिक संरक्षण मात्र नगरि पर्यटन प्रर्वधन गर्ने कुरा व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै माननिय सांसद सरिता प्रसाईले आफनो साँसदकोषको रकम पहिला पनि कोच राजबंशीहरुको लागि छुटाएको र भावि बजेट पनि छुटाउने तथा अन्य स्रोतको व्यवस्थाको लागि आफनो तर्फबाट तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने माननिय सांसद हरि राजबंशी, अमृतलाल राजबंशी, मिलन कुमारी राजबंशी, मोहन टुडु ज्युले आफनै मौलिकतालाई संरक्षित गर्न हिजोका दिन जसरी लागिएको थियो त्यो भन्दा पनि पडी ससक्त भएर हर प्रकारका सहयोग आफुहरुले प्रदान गर्ने कुरा मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो । माननिय सुधिर कुमार सिवाकोटीले यस कोच राजबंशी सभ्यतालाई अन्तराष्टिय स्थरमा ल्याउन यस संग्राहलयको माध्यमबाट राष्टिय विविधताको प्रतिक र झापाली आदिबासीहरुको लोप हुँदै गईरहेको मौलिकताको संरक्षण हेतु आफनो तर्फबाट केन्द्रमा ध्यानाकर्षण गराउने कुरा व्यक्त गर्नु भएको थियो । माननिय सांसद प्रेम बहादुर गिरीले आफनो चुनाब क्षेत्रमा भैरहेको बिकास कार्यक्रम मध्ये यो केन्द्रको गुरु योजनालाई अग्रणी पंङतीमा राख्ने साथै यहि आर्थिक बर्षमा स्टेटेटिक प्लान बनाई, जिल्ला परिषद हुँदै राष्टिय योजनामा पार्न आफुले कार्य गर्ने कुरा व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : २९ आश्विन २०७३, शनिबार  ११ : १३ बजे