१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

जात्रा पावनी धुमधाम


१९ आश्विन २०७३, बुधबार  

0
Shares

aadhibasi

दसैंको उल्लासमा नभुल्ने को होला र ! बलियो सांस्कृतिक इतिहास बोकेका पूर्वी आदिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्दछन् । अन्य समुदायले मनाउने तरिका भन्दा उनीहरुको शैली भिन्न छ । झापा मोरङ्ग र सुनसरी जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने आदीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, थारु, सन्थाललाई पनि यस पर्वको उल्लासले राम्रैसंग छुने गर्छ । दशैंलाई उनीहरुले जात्रा पावनीका रुपमा रमाइलोसंग बिताउ“छन् । धार्मिक मठ–मन्दिरहरुमा उनीहरुको जात्रा पावनी बित्ने गर्छ ।
खासगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरुमा बोका, हा“स, परेवा बलि दिने, नरिवल चढाउने, नया“ लुगा किन्ने र लगाउने, मिठो–मसिनो खाने र हप्तौं दिनसम्म मेला भर्ने गरेको दृष्टान्तले जात्रा पावनीको रौनकले यस समुदायलाई पनि छपक्कै छोपेको पुष्टि गर्छ ।
यस क्षेत्रमा बसोबास गर्ने आदिवासी र अन्य समुदायबीच यो पर्व सांस्कृतिक एकता र सहिष्णुताको सेतु बन्न पुगेको छ । राजवंशी समाज विकास समिसतका जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशी भन्छन् – ‘आदिीवासी समुदायले दशैं धुमधामसंग मनाउने गरेकोले यो पर्वले अरु समुदायसंग भावनात्मक सम्बन्ध जोडेको छ । मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ । महानवमीको दिन आफ्नो नजिकको दुर्गामन्दिरमा डाला (केराका काइयो) चढाउने र मन्दिरबाट जमरा, टिका, प्रसाद लगेर ठूलाबडालाई लगाउने गरेको राजवंशी बताउ“छन् ।
आदीवासी समाजमा दुर्गा मातालाई शक्तिको स्वरुपमा मानी र त्रिलोक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरी देवता, मानिसहरुको कल्याण अनि मुक्ति दिएको खुशियालीमा पूजा गर्ने चलन छ । उनका अनुसार यस समुदायले घरमा प्रयोग हुने हातहतियार, ओखल, मुस्ली, कोदालो, हलो, खन्ति, बसेला, जङ्गाल, धोइ पखाली गरी तिनीहरुको पूजा गछर्न । यसरी पूजा गर्ने विधिलाई यस समुदायले हाल जङ्गाली सेवा भन्दछन् । हालजङ्गाली सेवा गर्दा विहानै घर आ“गन लिपपोत गछर्न् । हालजङ्गाली सेवा गर्ने मानिस (घरमुली) उपवास बस्छन् । अनि पा“च ठाउ“मा केराको पत्तामा पानसुपारी, चिनी, भाग, धुप, केराको प्रसादी लगाई पूजा गछर्न । गैरमाटी, खैरमाटी (रातो र खैरो रङ्गको माटोको डल्लो ) घोलेर पा“च–पा“च वटा टिका पूजा गरेको सबै समानहरुमा लगाइन्छ । त्यसपछि प्रत्येक घरको ढोकाहरुमा पा“च –पा“च वटा गरी टिका लगाइन्छ । आरोग्यको लागि घरमा रोगव्याध प्रवेश गर्न नसकोस् भनी दुवो र पैसा (डबल) ढोकाहरुमा टा“सिन्छ ।
झापा, मोरङ्ग, सुनसरीलगायत भारतको विहार र पश्चिम राज्यमा बसोबास गर्ने आदीवासीहरु दशमीको दिनदेखि पूर्णिमासम्म मेला भर्न जाने गछर्न । राजवंशी भाषाका कवि तथा साहित्यकार पामर राजवंशीका अनुसार जात्राले आदीवासी समाजमा नया“ कुटुम्बहरुको लागि विशेष महत्व राख्दछ ।
नया“ कुटुम्बहरु दशैंमा एक आपसमा लुगा, लत्ताकपडा दिने–लिने गर्दछन् । छोरी–ज्वाईहरु ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वको नाममा फजुल खर्च गर्नु हुदैन, साहित्यकार राजवंशीले भने–‘यसले समाजमा विकृति भित्र्याउ“छ ।’
यस समुदायमा जसको घरमा दुर्गा मन्दिर छ , उनीहरुले जमरा उमार्दैनन् । तर, नौ दिनसम्म चण्डी पाठ गर्ने गरेको आदीवासी समुदायका अगुवाहरु बताउ“छन् । गाउ“–गाउ“मा पिङ टाङ्ने गर्दछन् । केटाकेटी, बालबच्चा, बुढाबुढी मानिसहरु हा“स्दैखेल्दै पिङ खेलेर आनन्द लिने गर्दछन् । बर्षमा एकपटक पृथ्वी मातालाई आफ्नो बोझबाट मुक्त गर्न र एकचोटी जमिन छोड्नुपर्ने मान्यताबाट राजवंशीहरु सबै पिङ खेल्ने गरेको उनीहरु बताउ“छन् । कोही –कोही दशैंको समयमा आकाशतारा टाङ्ने गर्दछन् । यो टाङ्ने काम दशैंदेखि तिहारसम्म गर्ने गरिन्छ ।
आदीवासीहरुले दुर्गा दवीसंगै काली, सरस्वतीको पनि पूजा गछर्न् । महानवमीको दिन लेख्ने, पढ्ने, गरे ज्ञान र विद्या बढ्छ भन्ने मान्यता अनुसार आफ्ना छोराछोरीहरुलार्य नया“ कापी र कलमले लेखाउने भलन छ ।
पावनीमा नाचगान गर्ने चलन पनि छ । विशेषतः राजवंशी ताजपुरिया र गन्गाईहरुले यो समयमा ढुल्की नाच गरेर हि“ड्ने गर्दछन् । जात्रा पावनीको अवसरमा प्रत्येक घरमा गई सामूहिक नाचगान गर्ने गछर्न् । उनीहरु यसरी नाचगान गरेर संकलन भएको पैसा र जिन्सी समाजलाई फाइदा हुने साझा काममा लगाउ“छन् । जात्रा पावनीको अवसरमा उनीहरुले दुर्गा मन्दिर भएको स्थानमा वर्षेनी मेला लगाउने गर्दछन् ।
झापामा उनीहरुले जुरोपानीको दुधाली मेला, ग्वालडुब्बा मेला, दामुना, खजुरगाछी, चन्द्रगढीको चैतुमन्दिर, हल्दीवारीको पाराखोपी, गौरीगंजलगायतका स्थानमा मेला लगाइएको पाइन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७३, बुधबार  ९ : २० बजे