८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

झापामा ११ वटा स्थानीय तह रहने प्रस्ताव


२८ भाद्र २०७३, मंगलबार  

0
Shares

झापा /
punr-samrachana_Pe0TYRNr0A-750x501 गरिएको छ । लामो विवादपछि झापाका राजनीतिक दलहरु ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् ।
जिल्ला विकास समिति भऽपुरमा राजनीतिक दलका जिल्ला तथा केन्ऽीय नेता सम्मिलित छलफल पछि झापामा एउटा उपमहानगरपालिका, ७ वटा नगरपालिका र ३ वटा गाउापालिका बनाउने गरी स्थानीय तहको संख्यामा सहमति भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्ऽ लगायतका दलहरुले भूगोल र जनसंख्याको आधारमा झापामा ११ वटा स्थानीय तह रहने प्रस्तावमा सहमति जुटाएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी खेमराज ओझाले जानकारी दिए ।
दलहरुबीच सहमति जुटेपछि अब मंगलवार उनले समितिलाई दिएको कार्यशर्त तथा कार्यविधि अनुसार आयोग समक्ष झापाको स्थानीय तहको प्रस्तावित खाका पठाइने बताए । राप्रपा नेपालले भने दलहरुको सहमतिमा केही फरक मतसहित आलोचनात्मक समर्थन गरेको बताइएको छ ।
विवादकाबीच यसअघि नै बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा झापाका सबै राजनीतिक दलका नेता तथा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी खेमराज ओझा सम्मिलित छलफलमा सबै दलहरुले स्थानीय तह निर्धारणमा सहमतिका साथ साझा धारणा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिबद्धता अनुसार दलहरुले साझा रुपमा तह निर्धारण गरेर त्यसलाई व्यवहारमा उतारेका छन् । गाउापालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले झापामा बढीमा १० वटा मात्र तहको प्रस्ताव गर्न कार्यविधि दिएको थियो । तर, दलहरुले जिल्लामा स्थानीय तहको संख्या बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए ।
यस्तो बन्दैछ स्थानीय तह
झापामा दलहरुको सहमति अनुसार १ उपमहानगरपालिका, ७ नगरपालिका र ३ गाउापालिका बन्नेछन् । जसमा विभिन्न इकाई सम्मिलित गरी मेचीनगरलाई उपमहानगरपालिका प्रस्ताव गरिएको छ । त्यस्तै अब बन्ने नगरपालिकाको नाम विभिन्न इकाई सम्मिलित गरी वीरता, दमक, भद्रपुर, कनकाई, गौरादह, शिवसताक्षी, अर्जुनधारा नगरपालिका प्रस्ताव गरिएको छ ।
त्यस्तै विभिन्न इकाई सम्मिलित भई बन्ने तीन गाउापालिकाको नाम बाह्रदसी, कचनकवल र कमल प्रस्ताव गरिएको छ । भूगोल र जनसंख्याको आधारमा तह निर्धारण गरिएको हो । यसका लागि ०६८को राष्ट्रिय जनगणनालाई जनसंख्याको आधार बनाइएको छ ।
मेचीनगर उपमहानगर
११ स्थानीय तहमध्ये मेचीनगरलाई मेची उपमहानगरपालिका प्रस्ताव गरिएको छ । जसको लागि मेचीनगर, बाहुनडाागी, ज्यामिरगढी, धाइजन, दुहागढी र शान्तिनगर इकाई सम्मिलित गरिने प्रस्ताव छ । सो उपमहानगरको केन्द्र इटाभट्टा प्रस्ताव गरिएको छ । ती इकाई सम्मिलित गर्दा सो उपमहानगरको जनसंख्या १ लाख ३० हजार तीन सय ८६ पुग्छ ।
वीरता नगरपालिका
सात नगरपालिका मध्ये बिर्तामोड नगरपालिका र गरामनी गाविस सम्मिलित गराई वीरता नगरपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र बिर्ताबजार रहने प्रस्ताव गरिएको छ भने यसको जनसंख्या ८१ हजार ७ सय ७८ रहेको छ ।
दमक नगरपालिका
लखनपुर समेत जोडेर दमक नगरपालिका बनाइने र केन्द्र दमकमै रहने प्रस्ताव गरिएको छ । लखनपुर सम्मिलित गर्दा त्यहााको जनसंख्या ९५ हजार ५ सय २१ रहनेछ ।
गौरादह नगरपालिका
गौरादह, खजुरगाछी र गौरीगञ्ज इकाई सम्मिलित गौरादह नगरपालिका प्रस्ताव गरिएको छ । प्रस्ताव अनुसार यसको केन्द्र गौरादह रहनेछ । त्यसो गर्दा त्यहााको जनसंख्या ६७ हजार ५ सय ३५ पुग्नेछ ।
शिवसताक्षी नगरपालिका
शिवसताक्षी, धरमपुर र पााचगाछी इकाई सम्मिलित शिवसताक्षी नगरपालिका प्रस्ताव गरिएको छ भने त्यसको केन्द्र व्याङ्डााडा रहने प्रस्ताव छ । जसअनुसार त्यहााको जनसंख्या ६४ हजार ५ सय ९६ रहनेछ । साविक शिवगञ्ज गाविसको माईपूर्वको भाग सो स्थानीय तहमा समावेश गरिएको छैन ।
कनकाई नगरपालिका
कनकाई नगरपालिका तथा शरणामती, टाघनडुब्बा र कुमरखोद गाविस इकाई सम्मिलित कनकाई नगरपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र चप्रामारी वा शरणामती प्रस्ताव गरिएको छ । त्यसो गर्दा त्यहााको जनसंख्या ७४ हजार ९ सय ९५ पुग्नेछ । त्यसरी बन्ने कनकाई नगरपालिकामा साविक शिवगञ्जको माईपूर्वको भाग, डाागीवारीको विरीङ पश्चिमको भाग र शनिअर्जुनको ३ नम्बर वडाको दही झोडासमेत समावेश गर्ने प्रस्ताव गरिएको छ ।
भद्रपुर नगरपालिका
भद्रपुर नगरपालिका, पृथ्वीनगर, जलथल र हल्दिवारी गाउा सम्मिलित भई भद्रपुर नगरपालिकाको प्रस्ताव गरिएको छ । नगरपालिकाको केन्द्र भद्रपुर रहने प्रस्ताव छ भने जनसंख्या ८६ हजार ८ सय १६ रहनेछ ।
अर्जुनधारा नगरपालिका
शनिअर्जुन नगरपालिका, बुधवारे र खुदुनावारी सम्मिलित अर्जुनधारा नगरपालिका बनाउने र त्यसको केन्द्र शनिश्चरे बजार रहने प्रस्ताव गरिएको छ । त्यसमा शनिअर्जुन ३ नम्बर वडा दहीझोडा क्षेत्र भने समावेश हुने छैन । त्यसो गर्दा अब त्यहााको जनसंख्या ८३ हजार १ सय ४१ हुनेछ ।
बाह्रदशी गाउँपालिका
डाागीवारी, चकचकी, गोलधाप र राजगढ गाविस सम्मिलित गरी बाह्रदशी गाउापालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र चकचकी बजार रहने प्रस्ताव छ भने जनसंख्या ४१ हजार ३ सय ३ हुनेछ । त्यसो गर्दा डाागीवारीको विरीङ पश्चिमको भाग समावेश गरिने छैन भने घेराबारी पारिको क्षेत्र समावेश गरिनेछ ।
कचनकवल गाउँपालिका
प्रस्तावित अर्को गाउापालिका कचनकवलमा घेराबारी, पथरीया, बालुवाडी, केचना, पाठामारी र बनियानी गाविस इकाई सम्मिलित गरिनेछ । त्यसको केन्द्र बनियानी बजार प्रस्ताव गरिएको छ भने जनसंख्या ३९ हजार ५ सय ३८ हुनेछ । त्यसमा घेराबारीको विरीङ पारिको क्षेत्र समावेश हुनेछैन ।
कमल गाउँपालिका
तोपगाछी, बैगुन्धुरा, महाभारा र कोरोबारी गाविस सम्मिलित कमल गाउापालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र क्याम्पा बजार हुने प्रस्ताव छ । त्यहााको जनसंख्या अब ४२ हजार ४ सय ७८ पुग्नेछ ।
जिल्लामा भएको छलफलमा स्थानीय विकास अधिकारी खेमराज ओझा, एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, कांग्रेसका जिल्ला सभापति उद्धव थापा, माओवादी केन्ऽका पोलिटब्युरो सदस्य झलकसिंह दर्लामी, केन्ऽीय सदस्य गगन पुरी र संघीय गठबन्धनमा आवद्ध बिभिन्न दलका नेता कार्यकर्ता सहभागी थिए ।
मेची उपमहानगर बन्ने प्रस्तावको विरोध
मेचीनगरलाई उप–महानगरपालिका बनाउने प्रस्ताव अवैज्ञानिक रहेको छलफलमा सहभागी एक नेताले बताए । संघीय गठबन्धनले यसमा आपत्ति जनाएको छ । गठबन्धनका घटक राष्ट्रिय जनमुक्ति पार्टीका केन्ऽीय सचिव पदम जवेगूले भूगोल र जनसंख्याको आधारमा कुनै पनि हालतमा स्थानीय तहको पुनर्संरचना गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । २०६३ को अन्तरिम संविधानले व्यवस्था गरे बमोजिम जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक लगायत ८ पहिचानको आधारमा मात्र पुनर्संरचना गर्नुपर्ने उनको भनाइ छ । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धिरेन सुब्बाले संविधान संशोधन नभएसम्म सरकारको कुनै पनि निर्णयमा सहभागी नहुने बताए ।
बिर्तामोडलाई उपमहानगर बनाउन माग
स्थानीय निकाय पुनरसंरचना आयोगले १० वटा स्थानीय तह निर्धारण गर्न भनेकोमा त्यसलाई बढाइएको भन्दै आफ्नो पार्टीले असहमति जनाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बिष्टले बताए । दमकलाई चलाउन नहुने, बिर्तामोडमा गोलधाप, गरामनी र हल्दिबारीलाई गाभेर उपमहानगरपालिका बनाइनुपर्ने, स्थानीय तहको नाम परिवर्तन गर्न नहुने जस्ता माग राख्दै असहमति जनाएको उनले बताए ।
बिर्तामोडको पहिचान मेटिए आन्दोलन गर्ने
झापामा स्थानीय तहको सीमांकन र नामांकन गर्ने क्रममा बिर्तामोडको पहिचान मेटाइएको भन्दै झापा उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले आपत्ति जनाएका छन् ।
गरामनी गाविसलाई बिर्तामोड नगरपालिकामा मिसाउादा आफ््नो विमति नरहेको तर बिर्तामोडको पहिचान मेटाएर ‘वीरता’ मात्र नाम राख्ने प्रस्तावप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताए । बिर्तामोडको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म भइसकेको स्मरण गराउादै उनले भने– ‘बिर्तामोडको पहिचान मेटाइए आन्दोलनमा उत्र्न बाध्य हुनेछौं ।’ उनले तत्काल प्रस्तावलाई सच्याएर नगरपालिकाको नाम बिर्तामोड नै राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७३, मंगलबार  ६ : ५७ बजे