१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने सर्वसम्मत चयन


१२ बैशाख २०७३, आइतबार  

0
Shares

दमक १२ वैशाख /  एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ को क्षेत्रीय अध्यक्षमा  बोधराज न्यौपाने  अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ  ।
आज दमकमा भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार तुलसी प्रसाद निरौलाले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने  सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । झापाको क्षेत्र नम्वर ७ को क्षेत्रीय कमिटीको उपाध्यक्षमा जग बहादुर राई चयन हुनु भएको छ । उहााका प्रतिद्धन्दी चन्द्रकला भण्डारीले उम्मेदवारी फिर्ता लिनु भएपछि राई चयन  भएको क्षेत्रीय निर्वाचन समिति क्षेत्र नम्वर ७ का संयोजक गजेन्द्र आचार्यले जानकारी दिनु भयो । यसैगरी सचिवमा विश्व वराल चयन हुनु भएको छ । उहाा प्रतिद्धन्द्धी चक्र बहादुर गुरुङले उम्मेदवारी फिर्ता लिनु भएको निर्वाचन समितिले जनाएको छ
। क्षेत्रीय उपसचिवका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि महेन्द्र खड्का चयन हुनु भएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा बसन्त लक्ष्मी उदास , सीता निरौला र पदम प्रसाद न्यौपाने रहनु भएको निर्वाचन समितिका सदस्य पृथ्वी पति राईले जानकारी दिनुभयो । पार्टीको दमक नगर इन्चार्जमा अम्विका खनाल चयन हुनु भएको हो  । उहााका प्रतिद्धन्द्धी हिमालय प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि खानल सर्वसम्मत चयन हुनु भएको थियो ।  त्यसैगरी  धरमपुर इन्चार्जका उम्मेदवार भोला नाथ चिमरियाले उम्मेदवारी  फिर्ता लिएपछि  कुल बहादुर बस्नेत चयन हुनु भएको छ । सञ्चारकर्मीको कोटामा मोहन प्रसाद अधिकारी र बिधार्थीको कोटाबाट खगेन्द्र राज अधिकारी चयन हुनु भएको निर्वाचन समितिका सदस्य खोम बगालले जानकारी दिनुभयो ।
। क्षेत्रीय समितिको लखनपुर इन्चार्जमा सुरेन्द्र देवानको मात्र उम्मेदवारी परेको छ । देवानको मात्र उम्मेदवारी परेकोले उहाा निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी  हिजै क्षेत्रीय कमिटीको क्षेत्रीय सदस्यका लागि आदिवासी , दलित , मजदुर , युवा  र उधोगी तर्फ निबिरोध निर्वाचित  भएको निर्वाचन समितिले जनाएको छ । आदिवासी कोटामा मणीराज धिमाल र गणेश राजवंशी , दलित कोटामा शेर बहादुर बिश्वकर्मा र जय बहादुर बिश्वकर्मा  निविरोध निर्वाचित हुनु भएको  निर्वाचन समितिका सदस्य  बगालेले जानकारी दिनुभयो । त्यसैगरी मजदुरतर्फ दयाराम धिमाल र शान्ति राम गौतम, युवा तर्फ नम चेम्जोङ  र उधोगीमा रमेश अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । यता क्षेत्रीय उपाध्यक्षमा जग बहादुर राई , चन्द्रकला भण्डारी , सचिवमा विश्वनाथ बराल र चक्र बहादुर गुरुङले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
५१ सदस्यीय क्षेत्रीय कमिटीको सदस्यका लागि १ सय ४  जनाले उम्मेदवारी दिएका थिए । महिला , खुल्ला ,जनजाती लगायतका कोटाबाट आउने बााकी क्षेत्रीय सदस्य छनौट सर्वसम्मत  बनाउन पहल भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७३, आइतबार  ११ : ०२ बजे