१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खोजमूलक समाचार छापेलगत्तै आउटलुकका प्रधान सम्पादक नै आउट!


३० श्रावण २०७३, आइतबार  

0
Shares

गौरीगंज / adhibasi photoशनिबार साँझ म्यागेजिनका पत्रकार र कर्मचारीले आउटलुक ग्रुपका कार्यकारी निर्देशक एवम् प्रकाशक इन्द्रेनी रोयको इमेल पाए जसमा राजेश रामचन्द्रन प्रधान सम्पादकमा नियुक्त भएको सूचना थियो। अगस्ट १६ देखि भारतको चर्चित म्यागेजिन आउटलुकमा सम्पादक हुन लागेका रामचन्द्रन इकोनोमिक टाइम्सका राजनीतिक सम्पादक रहिसकेका पत्रकार हुन्।

रोयले आफ्ना कर्मचारीलाई रामचन्द्रनलाई स्वागत गर्न र पूरा सहयोग गर्न समेत अनुरोध गरेका छन्।

त्यस इमेलमा उनले बाहिरिँदै गरेका प्रधान सम्पादक कृष्ण प्रसादबारे भने केही पनि लेखेका छैनन्।

‘अपरेसन बेबी लिफ्ट’ भन्ने खोजमूलक समाचार प्रकाशित भएलगत्तै म्यागेजिनको शीर्ष तहमा परिवर्तन आएको हो। गत जुलाइ २९ मा स्वतन्त्र पत्रकार नेहा दीक्षितले राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस)ले कानुन विपरित असामदेखि पञ्जाव र गुजरातबाट ३१ आदिवासी किशोरीलाई हिन्दु बनायो भन्ने खोजपूर्ण समाचार आउटलुकमा प्रकाशित भएको थियो। आउटलुकमा प्रकाशित समाचार पढ्न क्लिक गर्नुस्।

आरएसएसको महिला विभागले प्रकाशित समाचारलाई पूर्णत आधारहीन, गलत र संस्थाको मानहानी गर्नेखालको भन्दै प्रेस विज्ञप्ति निकालेको थियो।

अगस्ट ४ मा यसै विषयलाई लिएर असामको लतासिल पुलिस स्टेसनमा प्रकाशक, सम्पादक र रिपोर्टरविरुद्ध उजुरी पनि परेको थियो।
बाहिरिँदै गरेका सम्पादक कृष्ण प्रसादले एक अन्तर्वार्तामा भनेका थिए, ‘पत्रकारविरुद्धको चेतावनी पेशागत समस्या हो तर त्यो भन्दा पनि संवेदनशील प्रहार त म्यासेन्जरमाथि भइरहेको छ। मुलुकमा तीब्र गतिमा फाँसीवादतिर गइरहेको छ र पत्रकारलाई गिराउने प्रयत्नले वाक स्वतन्त्रतालाई कुन्ठित पार्दैछ।’

रोयको इमेलले कतै सम्पादक परिवर्तनसँग आउटलुकमा प्रकाशित कभर स्टोरीको नाता त जोडिएको छैन भन्ने विषय चर्चामा छ।
आउँदै गरेका सम्पादक रामचन्द्रनले आफू प्रधान सम्पादकमा नियुक्त भएको स्वीकारे। ‘हो म नयाँ प्रधान सम्पादक हुँ र यसका लागि एक वर्षदेखि हामी संवादमा थियौं,’ उनले भने, ‘मेरो नियुक्ति करिब एक महिना अघि नै भइसकेको हो।’ रामचन्द्रन पत्रिकाका तेस्रा प्रधान सम्पादक हुँदैछन्।

पत्रिकाका संस्थापक सम्पादक विनोद मेहतालाई २०१२ फेब्रुअरी १ मा यसको सम्पादकीय अध्यक्ष बनाइएको थियो। यो घटना पनि एकाएक भएको थियो तर मेहताले यसको जानकारी सम्पादकीय मिटिङमा आफैले दिएका थिए। विवादित राडिया टेपसँग उनको पद सेरोमोनियल हुनुको कारण जोडिएको छ।

(स्क्रोलमा प्रकाशित सामग्रीको भावानुवाद)

सन् २००८ मा सम्पादकका रुपमा कृष्णप्रसाद आउटलुकमा आएका थिए। मेहतापछि उनी पत्रिकाका दोस्रो प्रधान सम्पादक बनेका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७३, आइतबार  ११ : १३ बजे