१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२२ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउदैँ , आज साँझ दीप प्रज्वलन


२४ श्रावण २०७३, सोमबार  

0
Shares

aaa 1

गौरीगंज / झापाको लखनपुरमा साउन २५ गते २२ औ विश्व आदिवासी दिवस जिल्लास्तरीय रुपमा भव्यताका साथ मनाउने तयारी भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद झापाले सो दिन २२ औं विश्व आदिवासी दिवस लखनपुर –१ स्थित प्रस्तावित आदिवासी रंगशालामा मनाउने तयारी भएको जनाएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको प्रमुख आतिथ्यतामा हुने सो कायक्रममा सांसदद्वय मोहन टुडु र महेन्द्रकुमारी सुब्बाको पनि विशेष आतिथ्य रहने महासंघ झापाका अध्यक्ष पारशमणि राईले बताए । आज साझ चोक चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सो अवसरमा सांस्कृतिक कार्यक्रमसहित झापाका सबै नगर र गाविसका आदिवासी जनजातिहरुलाई सहभागि गराउने कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गराएका थिए । रंगशालाको नाममा कुनैपनि हालतमा परिवर्तन गर्न नदिने आफूहरुको अडान रहेको पत्रकार सम्मेलनमा दोहोर्याए ।

प्रकाशित मिति : २४ श्रावण २०७३, सोमबार  १० : २८ बजे